Smoking Causes Cancer

इजरायलमा रहेकी गुल्मीकी विद्यार्थी मनिषालाई मेयर पन्थीकाे फाेन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सुमन महतरा, गुल्मी: हमास समूहले गएको शनिबार इजरायलमा गरेको आक्रमणमा परि नेपाली १० जना बिद्यार्थीको मृत्युु भयो भने धेरै विद्यार्थी घाइते भए।

कयौं विद्यार्थीले बंकरमा २४ घण्टा भन्दा बढि समय बसे । सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ कि मनिषा खनालले पनि अध्ययन गर्ने गरेको र उनी पनि इजरायल पुगेको जानकारी मेयर खिलध्वज पन्थीले पाउनासाथ उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन टेलिफोन सम्पर्क गरेका छन्।

मनिषाले पनि आफूको हिँजो ईजरायली सेनाले उद्धार गरि फार्मबाट सुरक्षित स्थानमा लगेको बताएकी थिईन् । नानि सन्चै छौं म मेयर खिलध्वज पन्थी भन्दा मनिषाले रुदै नेपाल ल्याउन आग्रह गरिन् । मेयर पन्थीले छिट्टै नेपाल ल्याउन सरकार लागेको र आफुले पनि दबाब दिने बताए । मनिषा संगै उनी संग रहेका ३२ जना बिद्यार्थीले मेयर पन्थीलाई छिट्टै नेपाल ल्याउन आग्रह गरेको मेयर खिलध्वज पन्थीले बताए ।

सिंचाई
Forest
Ad.

मेयर पन्थीले सामाजिक सञ्जाल फेसबुक मार्फत मनिषाको स्वास्थ्य अवस्था र उनको आत्माबल बढाउन गरेको फोनले सामाजिक सञ्जालमा अभिभावकको भुमिका निर्वाह गरेको भन्दै उनलाई धन्यवाद व्यक्त गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो