प्रेम सुनार, गुल्मी: पहाडी जिल्ला गुल्मीमा समेत साईबर क्राईम बढदै जान थालेको प्रहरीले जनाएको छ।
रेसुङ्गा नगरपालिका १० को सिमिचौरमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा सार्वानिक सुनुवाई कार्यक्रममा प्रहरी निरक्षक किरण सापकोटाले आर्थिक बर्ष ०७९/०८० मा २४ वटा र पछिल्लो आर्थिक बर्षमा ५९ वटा साईबर अपराध सम्बन्धी उजुरी प्रहरीमा परेको जानकारी दिए ।
उनले सत्यवती गाउँपालिका १ को जोहाङ्गबाट साईबर अपराध गरी ठगी गर्ने एक जनालाई पक्राउ गरी पाँच लाख जरिवाना असुली गरिएको बताए । ती मध्ये पछिल्लो दुई बर्षमा १४ वटा मात्र मुद्धा फर्छौट भएका छन । गत बर्ष ६ वटा अनलाईन मार्फत ठगी भएको रकम फिर्ता गराएको र ४ वटा फेसबुक बन्द गराईएको सापकोटाले बताए ।
त्यस्तै साउन भदौंको दुई महिनामै चार वटा अनलाईन मार्फत ठगि भएको रकम फिता गराईको जानकारी सापकोटाले दिए । अनलाईन मार्फत विभिन्न प्रलोभन देखाउने र कैंयौंको रकम ठगि गरेका घटना बढेकोले उनले सचेत रहन आग्रह गरे । त्यस्तै व्यक्तिको मोवाईल हराउने क्रम पनि बढेको उनले बताए ।
उनका अनुसार साउन अघि सम्मको एक बर्षमा ९३ वटा मोवाईल हराएका थिए र प्रहरीले ८५ वटा मोवाईल भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । साउन यताको दुई महिनामै २० मोवाईल हराएको उजुरी परेकोमा ९ वटा मोवाईल भेटाएर प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |