Smoking Causes Cancer

तम्घासदेखि रेसुङ्गासम्म दौड प्रतियोगिता, प्रथमलाई १५ हजार पुरस्कार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा तम्घास देखि धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गा सम्म दौड प्रतियोगिता गरिने भएको छ । रेसुङ्गाको प्रचारप्रसार गर्न र जाउ जाउँ हिँड रेसुङ्गालाइ प्रभावकारी बनाउन दौड प्रतियोगिता गर्न लागिएको हो।

जिल्ला खेलकुद बिकास समिती गुल्मीको आयोजनामा असोज २७ गते बिहान ६:३० बजेदेखि जाउ हिड रेसुङ्गा,१० किलोमीटर पुरुष दौड प्रतियोगिता गरिने समितिका अध्यक्ष गिरि प्रसाद महाकिमले जानकारी दिए। तम्घासको लाकुरिमन्च देखि रेसुङ्गा पोखरी क्षेत्रसम्म दौड प्रतियोगिता आयोजना गर्न लागिएको महाकिमले बताए।

स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाइ प्रभाव पार्न साथै हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसर पारेर रेसुङ्गाको आन्तरिक पर्यटनमा प्रबर्द्धन गर्न र जाउँ हिँड रेसुङ्गालाइ सफल बनाउन दौड प्रतियोगिता राखिएको जिल्ला खेलकुद बिकास समिति गुल्मीले जनाएको छ।

सिंचाई
Forest
Ad.

दौडमा प्रथम हुनेले नगद १५ हजार दृतिया हुनेले नगद ८ हजार र तृतीय हुनेले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाँउने आयोजकले जानकारी दिएको छ। दौड प्रतियोगितामा सहभागी हुनेले २६ गते साझ ५ बजेसम्म खेलकुद बिकास समितिको कार्यालयमा आवेदन दिन सकिने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो