Smoking Causes Cancer

विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेपाल प्रहरीमा सेवारत राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन्। एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा गरिएको हो।

क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)ले उनलाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

 

सिंचाई
Forest
Ad.

एसियाली खेलकुदमा दीपेन्द्रले मङगोलियाविरुद्ध मात्र नौ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए । दीपेन्द्रले एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का प्रहार गरेका थिए । उनले नौ बलमा लगातार ६ छक्का, त्यसपछि दुई रन र पछि फेरी दुई छक्का प्रहार गरी कीर्तिमानी बनाएका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो