Awareness

फेरि बन्यो गुल्मी जिल्ला प्रशासन देशकै उत्कृष्ट, रुपन्देही तेस्रो



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गत वर्ष झैँ यस वर्ष पनि गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मी देशकै उत्कृष्ट प्रशासन कार्यालय बन्न सफल भएको छ। कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा देशका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले गतवर्ष जस्तै अहिले पनि प्रथम नम्बर ल्याएर उत्कृष्ट बन्न सफल भएको हो।

कार्यसम्पादन मुल्यांकन मापन सूचकका लागि गृहमन्त्रालयले निम्न सूचकांकको आधारमा गुल्मी प्रथम भएको मन्त्रालयबाट प्राप्त पत्रमा उल्लेख छ । १०० पूर्णाङ्कमा गुल्मी जिल्ला प्रशासनले ९६.४४ अंक प्राप्त गरेर प्रथम भएको हो ।

Get Vaccinated

शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा १४ सहसुचक अंकभार २९ मा २९ नै प्राप्त गरेको छ । शासकीय प्रबन्ध ४० सहसुचक ४४ अंकभारमा ४१.२ अंक प्राप्त गरेको छ । लागूऔंषध नियन्त्रणमा सहसुचक ५ अंकभार ५ मा ५ नै अंक प्राप्त गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापनमा सहसुचक १० र अंकभार १० मा १० नै प्राप्त गरेको छ ।

मुअब्जा वितरण तथा विकास सहजिकरण सहसुचक ४ र अंकभार ५ मा ४.२५ अंक गरि १०० मा ९६.४४ अंक प्राप्त गरि देशमै प्रथम भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारि हरि प्रसाद गैरेले बताए । गुल्मीले पहिलो त्रैमासिक २४.५ पूर्णाङमा २४.२ प्राप्त गरेको छ । दोस्रो श्रैमासिकमा १६.५ पूर्णङकमा १६.४ अंक प्राप्त गर्यो । तेस्रो त्रैमासिकमा १४.५ मा १४.२ र चौथो त्रैमासिकमा ३९.५ मा ३७.४ प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए । उनले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई प्रथम बनाउँन सहयोग गर्ने बिशेषत सुरक्षा निकाय, संचारकर्मीसहित सम्पुर्णमा धन्यवाद व्यक्त गरे।

यसअवधिमा गुल्मीमा प्रमुख जिल्ला अधिकारीको रुपमा पुण्यविक्रम पौडेलको कार्यकाल दुई वर्ष नै प्रथम हुन सफल रह्यो । त्यस पछि सागरमणी पाठक र अहिलेका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसिको ६ महिने कार्यकालले पनि गुल्मी जिल्ला प्रशासनलाई प्रथम बनाउन योगदान पुरायो । त्यस्तै दुई जना युवा उमेरका प्रशासकिय अधिकृत नरेश गिरि र बिनोद खनालले पनि गत वर्ष सेवा प्रवाहमा उल्लेखनीय भुमिका खेलेका थिए । गुल्मी जिल्ला प्रशासन कविन्द्र नेपाल , रुद्रादेवी शर्मा प्रजिअ हुँदाको पालादेखि उत्कृष्ट हुने चरणमा पुगेको हो । गुल्मी पछि कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्ला ९६.१३ प्रतिशत अंक ल्याएर दोस्रो बनेको छ ।

९६.०० नम्बर ल्याई रुपन्देही जिल्ला प्रशासन तेस्रो भएको छ । ९५.८१ नम्बर ल्याई इलाम चौथो र ९५.३८ नम्बर ल्याई नवलपरासी पुर्व पाँचौ र ९५.१३ नम्बर ल्याई रुकुम पुर्व छैठौँ नम्बरमा परेको छ । डढेलधुरा र काठमाडौं जिल्ला प्रशासन भने क्रमशः सातौँ र आठौँ नम्बरमा परेका छ्न्। सब भन्दा कम नम्बर ल्याउने ७७ औँ जिल्लामा सिराह जिल्ला प्रशासन परेको छ । उसले ६१.५६ नम्बर पाएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो