Awareness

Musikot Mahotsav

गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: निरन्तरको वर्षाका कारण पहिरो खसेपछि गुल्मीको रिडी–वामीटक्सार र रिडी–अर्घाखाँची सडक खण्ड अवरुद्ध भएकाे छ। सत्यवती गाउँपालिका-५ बाँदरेभिरमा पहिराे खसेपछि रिडी–वामीटक्सार सडक गएरातिदेखि अवरुद्ध भएकाे हो।

Forest
Forest
Ad.

यस्तै, रुरुक्षेत्र गाउँपालिका-१ साखरमा गएकाे पहिराेका कारण रिडी–अर्घाखाँची सडक हिजाे दिउँसाेदेखि बन्द छ । यी सडक खण्ड अवरुद्ध भएपछि गाडीबीच बाटाेमै राेकिएका छन् ।

रिडी–वामीटक्सार सडककाे पहिराे बिहानैदेखि पन्छाउने काम भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै, रिडी–अर्घाखाँची सडक खण्डमा पनि पहिरो पन्छाउने काम भइरहेको तर ठूला ढुङ्गा खसेका कारण सडक सञ्चालनमा ल्याउन समस्या भइरहेकाे बताइएकाे छ ।

गएकाे तीन दिनदेखिकाे लगातारकाे वर्षाका कारण गुल्मीकाे तम्घास आउने ग्रामीण सडकहरु पनि बीचबीचमा अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो जान सक्ने क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन र सुरक्षित ठाउँमा बसाेबास गर्न आग्रह गरेको छ । –जनार्दन घिमिरे, उज्यालो

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो