Awareness

Get Vaccinated

एनआरएनए, चेक रिपब्लिकद्वारा आयोजित एनआरएनए स्पोर्टस् लिग सम्पन्न



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

प्राग: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, चेक रिपब्लिकको आयोजनामा चौथो एनआरएनए स्पोर्ट लिग सेप्टेम्बर ३० मा चेक रिपब्लिकको राजधानी प्रागमा सम्पन्न भएको छ। कार्यक्रममा फुटबल, भलिबल र ब्याटमिन्टन खेलमा विभिन्न टिम प्रतिस्पर्धामा उत्रिएका थिए।

प्रवक्ता अम्बिका पाण्डेका अनुसार कार्यक्रम राज कुमार शर्माको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षता र आइसिसी सदस्य उत्तम कुमार आचार्य, निवर्तमान तथा अध्यक्षहरु यदुराम पन्थी, छत्र बहादुर अधिकारी र जितेन्द्र रायमाझीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

फुटबल खेल तर्फ फ्रेन्ड्स एफसी कादान रेड प्रथम, एनएफएन प्रहा ए द्वितीय र फ्रेन्ड्स एफसी कादान अरेन्ज तृतिय स्थान हासिल गर्न सफल भएका थिए। त्यसैगरी भलिबल प्रतिस्पर्धामा प्रथम र द्वितीय स्थान क्रमशः स्योगुम्नी क्लब क्लाटोभी र रेड ब्लड भलिबल क्लब बर्नोले सुरक्षित गर्न सफल भएका थिए भने ब्याटमिन्टन प्रतिस्पर्धामा कविता अर्याल र पुष्पा भण्डारीको टोली बर्नो बी प्रथम र ममता थापा मगर र मधु गिरीको टिम मा-माले द्वितीयको उपाधि हासिल गरेका थिए।

त्यसैगरी महिला भलिबलमा एभरेस्ट महिला भलिबल टिमले सहभागिता जनाएको थियो। विजेता टिम र खेलाडीहरुलाई कार्यक्रमका अतिथिहरुद्वारा ट्रफी र मेडल प्रदान गरिएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सहयोगदाताहरु, खेलाडी, रेफ्री, स्वयंसेवक तथा सहभागी सम्पूर्ण धन्यवादको पात्र रहेको र आभारी रहेको संस्थाका महासचिव सन्तु प्रसाद अर्याल र अध्यक्ष बैकुण्ठ रायमाझीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

करिब ४ सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। संघका संस्थापक अध्यक्ष जितेन्द्र रायमाझीले यति धेरै नेपालीहरुको भेला चेक रिपब्लिकमा पहिलो पटक देखेको कुराले आफू निकै हर्षित भएको बताउँदै सबैलाई धन्यवाद पनि दिनु भयो।

Awareness by SKF

गैरआवासीय नेपालीहरु बिचमा एकता, भातृत्व र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको गैरआवासीय नेपाली संघ, चेक रिपब्लिकका अध्यक्ष बैकुण्ठ रायमाझीले बताउनुभयो। उहाँले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि बताउनुभयो।

कार्यक्रममा अध्यक्ष र विशेष अथितिहरुले नै मेडल प्रदान र सहभागी सम्पूर्ण खेलाडी, रेफ्री, तथा खेलप्रेमी साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। खेल प्रतिको उत्साहपूर्ण सहयोग र सहभागिताको लागि र सम्पूर्ण आर्थिक सहयोगदाता तथा स्वयंसेवक साथीहरुलाई अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। पहिलो पटक महिलाहरुलाई खेलकुदमा समावेश गराउन पाउदा प्रवक्ताले महिला सहभागिता देखेर खुशी हुँदै धन्यवाद दिनुभएको थियो।

हालै संघको आयोजनामा तीज पर्वको अवसर पारेर दर खाने तथा सांगीतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो। संस्थाले नेपाली मौलिक कला तथा संस्कृतिको जगेर्ना र प्रचारप्रसारमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। वर्तमान अध्यक्ष बैकुण्ठ रायमाझीको लोक संस्कृति र गीत संगीत प्रतिको मोहका कारण पनि उहाँको कार्यकालमा यसले थप प्राथमिकता पाउने विश्वास गरिएको छ।

   

 

समापन कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष रायमाझीले हामी विदेशमा रहने नेपालीहरुले अफ्नो कर्तव्य, जिम्मेवारी र नैतिकतालाई आत्मसात गर्दै अघि बढेमा हाम्रो आत्मसम्मान बढ्ने हुनाले नेपालीहरु बिचको एकता र सद्भाव देखेर विदेशीले पनि प्रशंसा गर्ने हिसाबले अगाडी बढौँ भन्ने अपिल पनि गर्नुभयो।

यस कार्यक्रममा निम्न अनुसारका टोली र खेलाडीको सहभागिता थियो:

फूटबल १२ (टोली):
(१) Royal Nepal FC ‘’ Green’’ _klasterec
१. नरेश मगर (कप्तान)
२.कुल गुरुङ
3. पवन लामा
४ सुदीप अधिकारी
५. अर्जुन थापा
६. ज्ञानेन्द्र गुरुङ
७ कैलाश महतो
८. अनिश सापकोटा
९. निकोलस

(२) Royal Nepal FC “Orange” _Klasterec
१ सन्तोष मगर (कप्तान)
२. रोशन बस्नेत
३.सुरेन्द्र भट्ट
4. ईश्वर महतो
5. सूर्य पून
६. रोहित श्रेष्ठ
7. धन थापा
8. अजय घलान
९. बिदान

(३) NFN, Praha A
१. ईश्वर मगर
२. नोबेल भुजेल
३ विक्रम बानियाँ
४ गिरीप्रसाद कँडेल
५ नरभेस प्रधान
६. भूपिन कार्की
७.राहन बज्राचार्य
८. लोकवान
9 फिलिप मगर
10. निश्चल रोका

(४) NFN, Praha B
१ रक्की श्रेष्ठ
२ बिकास ढुङेल्
३ राम्बो जिसि
४ पूर्ण डेबकोटा
५ कर्ण गुरुङ्
६ मान रोकया
७ बिजय गुरुङ्
८ भरत खनाल
९ रोचा राउत
१० डेनिश मगर

(५) Rising star FC, Plizen (Nepali samaj, Plzen)
म्यानेजर्: आजरी खुलाल मगर्
१ अर्बिन गुरुङ (कप्तान)
२ घमन्ड बहादुर बस्नेत
३ इतु तामाङ्
४ चन्द्र तामाङ्
५ गौरब आचार्य
६ बिबेक रेउले
७ राजेन्द्र मोक्तान
८ करण अधिकारि
९ मिलन गुरुङ्
१० चेत बहादुर गुरुङ

(६) Brotherhood FC, Brno (Red)
म्यानेजर्: बिजेन थापा
1 आशिश (कप्तान)
1 तेन्जिन
3 तेन्जिन तामङ्
4 भरत श्रेष्ठ
5 दिपक थापा
6 सुर्य खड्का
7 बिष्णु घिमिरे
8 अतिज थापा
9 कुशल मिश्र
10 अनुप आचार्य

(७) Brotherhood FC, Brno (Blue)
म्यानेजर्: लोकेश काफ्ले
1 बिमल थापा (कप्तान)
2 सुदिप सुबेदि
3 मिङ्मा सेर्पा
4 सिव थापा
5 राज पुन्
6 नबिन गुरुङ्
7 अतिज गुरुङ्
8 सिशिर केसि
9 बिजरी साह
१0 रबिन अर्यल

(८) Prelouc FC, Pardubice
म्यानेजर्: सन्जय अधिकारि
१ नबिन बोगती (कप्तान)
२ यदु राम पन्थि
३ समिर अधिकारि
४ मिलन आले
५ धिराज साहि
६ सुदीप पौडेल
७ मनोज सुबेदि
८ गणेश टिमल्सिन
९ एक राज कुन्वर
१० बिजय बश्याल

(९) Friend’s fc, “brown”, Kadan
१ बिशल फुयाल (कप्तान)
२ राजकुमार
३ निमेश लामा
४ केशव पन्त
५ दीपेन्द्र पन थि
६ बाबुराम वाइबा
७ लोक राम आचार्य
८. विनोद थापा

(१०) Friend’s fc “red” _ Kadan
१ अनिल लामा
२ भिम्सेन लामिछाने
३ आमिर ठकुरी
४ ओम प्रसाद गुरुङ्
५ प्रेम बिष्ट
६ सन्तोश लिम्बु
७ टिकाराम श्रेष्ठ
८ यादव गुरुङ्
९ चन्द्र महतो

(११) Friend’s fc “Orange” _ Kadan
१ रायुश
२ जितेन्द्र घलान
३ आयुश श्रेष्ठ
४ सुक्रम
५ राज लिम्बु
६ सुमन थापा
७ टिका महत
८ दिनेश भन्डारी
९ लोकराज चौधरी

(१२) SAHARA F.C MLADA BOLESLAV
१ बियोग रै(कतान)
२ अनिल गुरुङ्
३ मोजेश मगर
४ राम श्रेष्ठ
५ अनिश थापा
६ नारायण खड्का
७ सेश गुरुङ्
८ बिक्रम गुरुङ्
९ अनिल गर्बुझा
१० किरन लामा

भलिबल (६ टोली)
(१) SYOGUMNI CLUB (JANOVICE KLATOVY)
१. रामु रायमाजी (captain)
२. गोपाल थापा
३. बिमल रायमाजी
४, विनित भट्टराई
5. विश्व गुरागाईं
6. बिनोद बन्जाडे
७. यम बहादुर बोहरा
8. एडु तामाङ
९. नारायण खड्का

(२) Kadaň tigers ‘A’
टिम म्यानेजर : आरबी पुडासैनी
१. समर प्रेम
२. सोम इटानी
३. गाम्बालिन
4. सूर्य सुवेदी
५. घनश्याम शर्मा
६. सुविन्द्र मगर
७. रमेश महत
8. उमेश कार्की
९. शेर थापा

(३) Kadaň tigers ‘B’
टिम म्यानेजर ~ सबिन श्रेष्ठ
1. सहानी दिपेन्द्र
२. रोशन खड्का
३. सुजन देवकोटा
४. थानेट दिपेन्द्र
5. लीला जंग
६. त्रिलोक सिंह धामी
7. विश्व पौडेल
८. कमल ढकाल
९. गोकुल गिरी

(४) Team Pilzen
प्रबन्धकः शान्तुप्रसाद अर्याल
1. अर्जुन रायमाजी (captain)
2. बैकुण्ठ रायमाझी
३. आत्माराम आचार्य (सुनिल)
4. करण अधिकारी
५.किरण रायमाझी
६.विमल रायमाझी
७. बाबुराम बोहरा
८.दीपक गिन्देल
9. सन्तोष रायमाजी

(५) Moonlight Tábor
१: जयेन्द्र गुरुङ (जय) Captain
२: सुमन थापा
३: विमल रस्कोटी मगर
४: रमेश मगर
५:प्रसाद थापा
६:विष्णु थापा
७: कृष्ण क्षेत्री
८: मधु केसी
९: मन थापा

(६) Red blood volleyball club_ Brno
प्रबन्धक: कमल कँडेल
1. हिमाल क्षेत्री (C)
2. खुम राना
३.राजेन्द्र थापा
४.धिरज तामाङ
५. सागर कुमार श्रेष्ठ
६. प्रतीक आदिकारी
७. पदम गुरौ
८.शुक्रराज योञ्जन
९. सन्तोष अधिकारी

महिला ब्याडमिन्टन (५ टोली)
(१) Plzen Ktm टोली
१. मनिका श्रेष्ठ
२. जुना क्षेत्री

(२) रायमाझी बहिनी टोली
१. सुस्मिता रायमाझी
२. प्रतिक्षा रायमाझी

(३) टोली मा-मा
१. ममता थापा मगर
२. मधु गिरी

(४) ब्रनो ए
१. राधिका थापामगर
२. लाक्पा शेर्पा

(५) ब्रनो बी
१. कविता अर्याल
२. पुष्पा भण्डारी

महिला भलिबल
Everest Women’s Volleyball Club 
एन्जिला सिंह क्षेत्री ( टिम लिडर )
करुणा रायामाझी
शान्ती रायमाझी
आशा काउचा
कमला ढकाल
प्रमिशा सिलवाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो