Awareness

रिडर्स पब्लिक हाई स्कुललले हासिल गर्‍याे पुल्चोक कप २०८० को उपाधि



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीको तम्घासमा संचालन भएको पुल्चाेक कप-२०८० को उपाधि रिडर्स पब्लिक हाई स्कुलले जितेको छ। गत चार दिनदेखि चलिरहेको पुल्चाेक कप (छात्रा फुटबल) को फाइनल खेलमा महेन्द्र नमुना माध्यमिक विद्यालयलाई ४-० गाेल अन्तरले रिडर्स पब्लिक हाई स्कुलले पराजित गरेको हो।

कक्षा १० सम्मका ११ विद्यालय सहभागी खेलमा सेमिफाइनल चरणमा सिद्धबाबा माध्यमिक विद्यालय र रिडर्स पब्लिक हाई स्कुल खेलेका थिए । जसमा पेनाल्टी सुट आउटमा ४-१ गाेल अन्तरले रिडर्स पब्लिक हाई स्कुलले फाइनल खेलकाे लागि पक्का गरेको थियो । त्यस्तै सेमिफाइनल चरणमा महेन्द्र नमुना माध्यमिक विद्यालय र अर्जुन आवसीय इङलिस बोर्डिङ स्कुल खेलेका थिए । उक्त खेलकाे पेनाल्टी सुट आउटमा ६-५ गोल अन्तरले महेन्द्र नमुना माध्यमिक विद्यालयले अर्जुन बोर्डिङ स्कुललाई पराजित गरेको थियो।

Get Vaccinated

पुल्चोक कपकाे उपाधि हासिल गर्ने रिडर्स पब्लिक हाई स्कुलका खेलाडी

त्यसपछि, पुल्चोक कप २०८० को फाइनलमा महेन्द्र नमुना माध्यमिक विद्यालय र रिडर्स पब्लिक हाई स्कुलले फाइनल खेलको लागि पक्का गरेका थिए । फाइनल खेलमा रिडर्स पब्लिक हाई स्कुलले महेन्द्र नमुना माध्यमिक विद्यालयलाई फराकिलो अन्तरमा आफूलाई पुल्चोक कप २०८० को उपाधि हासिल गराएको हो।

पुल्चोक कप २०८० को बिजेता रिडर्स पब्लिक हाई स्कुलले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता महेन्द्र नमुना माध्यमिक विद्यालयले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो