Hi-Speed Computer

Awareness Campaign

पुल्चोक कप: अर्जुनलाई पेनाल्टी सुट आउटमा ६-५ ले पछि पार्दै महेन्द्र फाइनलमा प्रवेश



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: सदरमुकाम तम्घासमा चलेको चौथो पुल्चोक कप २०८० मा महेन्द्र नमुना माद्यामिक विद्यालय फाइनल प्रवेश गरेको छ।

उसले आज भएको पहिलो सेमिफाइनल खेलमा अर्जुन इङलिस बोर्डिङ स्कुललाई पेनाल्टी सुट आउटमा ६-५ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समय सम्म र थपिएको अतिरिक्त १५ मिनेट सम्म दुबै टोली बाट गोल नभए पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।

Forest
Forest
Ad.

पहिलो पेनाल्टी सुट आउट ३/३ को बराबरीमा सकिए पछि पुनः पेनाल्टी हुँदा महेन्द्र माविका तीन जना खेलाडीले गोल गरे भने अर्जुनका दुई जना मात्रै खेलाडी गोल गर्न सफल भए ।

खेल अवधि भर दुवै टोलीले उत्कृष्ट मौका पाए पनि गोल गर्न चुकेका थिए ।

आजै हुने दोस्रो सेमिफाइनलमा तीन पटकको विजेता सिद्धबाबा मावी र रिर्डस पब्लिक हाइ स्कुल बिच खेल हुनेछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो