Hi-Speed Computer

Awareness Campaign

बडिगाडको बल्देधुरी घटनाका २ फरार प्रतिवादी पक्राउ (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, बागलुङ: बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० स्थित बल्देडाँडामा होली मेलाका क्रममा दुई जनाको ज्यान जाने गरी भएको घटनाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।

घटनामा संलग्न आरोपमा जिल्ला अदालत बागलुङबाट मिति २०७९/०९/ २६ गतेको फैसला बमोजिम २३ वर्ष ८ महिना २४ दिन कैद सजाय सुनुवाई भई फरार रहेका बडिगाड गाउँपालिका वडा नं १० का २९ वर्षीय तेजपाल भन्ने तेजेन्द्र छन्त्याल र १५ वर्ष २ महिना ९८ दिन कैद सजाय सुनुवाई भई फरार रहेका सोही ठाउँका १९ वर्षीय राज कुमार घर्तीलाई पक्राउ गरि जिल्ला अदालत बागलुङ पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उक्त घटनाका ८ जना अभियुक्तलाई प्रहरीले यस अगाडी नै सार्वजनिक गरेको थियो । बागलुङ, गुल्मी र प्युठानको सीमानामा पर्ने दर्लिङ बल्देधुरीमा फागु पूणर्िमाको दिन बर्षेनि लाग्ने मेलामा दुई गाउँका युवाबीच झडप भएको थियो।

Forest
Forest
Ad.

युवतीलाई जबर्जस्ती रङ दलेको विषयमा सुरु भएको झडपमा २ जनाले ज्यान गुमाउनु परेको थियो । घटनामा मृत्यु हुनेमा बागलुङकै निसी खोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइले ज्यानगुमाएका थिए।

उक्त घटनाको भिडियो रिपोर्ट हेर्नुहोस्:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो