Salime Malika Krishi Farm

Awareness Campaign

तम्घासमा आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि वार्षिक समिक्षा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

मनु सुनार, गुल्मी: गुल्मी आयुर्वेद स्वास्थ केन्द्र तम्घास गुल्मीको आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि बार्षिक समीक्षा गरिएको छ। आइतबार सदरमुकाम तम्घासमा आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि समीक्षा गरिएको हो।

अस्पताल विकास समितिका अध्यक्ष धर्मराज पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख द्रोणर्बहादुर खत्रीको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, कोष तथा लेखा नियन्त्रण कार्यालय तम्घासका प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासे, समन्वय समिति सदस्य सावित्रा पाण्डे भण्डारी, गुल्मी आयुर्वेद स्वास्थ केन्द्रका कार्यालय प्रमुख माधव प्रसाद बस्याल लगायतको आतिथ्यता रहेको थियो।

गत आर्थिक वर्ष २०७९/८० मा गरेका कार्यक्रमहरूको समीक्षा गरिएको हो । कार्यालय प्रमुख बस्यालका अनुसार यस जिल्लामा विरामी संख्या बढ्दै गइरहेको छ । रिडि आयुर्वेद औषधालय रूरू क्षेत्रबाट गत आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रमहरूको जानकारी गराउँदै त्यस संस्थाकी दीक्षा भण्डारीले पछिल्लो समय बढ्दै गएको नसर्ने र दिर्ग रोगको निवारणका लागि योग र आयुर्वेदलाई अपनाउनुपर्ने बताउनुभयो।

सिंचाई
Forest
Ad.

वलेटक्सार आयुर्वेधिक औषाधालयका नन्द बहादुर गेलाङ, पूर्तिघाट आर्युवेद औषाधालयका हरि पन्त, पिपलधारा आयुर्वेद औषाधालयका डा.महेन्द्र खड्का, वस्तुघाट आयुर्वेद औषाधालय, धुर्कोट ५ का श्याम पाण्डे लगायतले गत आर्थिक वर्षमा भएका कार्य प्रगतिका विषयमा जानकारी गराउनुभयो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविनकिशोर प्रधानले आत्महत्या न्यूनिकरणका विषयमा प्रस्तुति राख्नुभएको थियो।

जिल्ला समन्वय समिति सदस्य सावित्रा पाण्डे भण्डारी, स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले शुभकामना मन्तव्य राख्नुभयो । प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासे, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्न सके सेवा प्रभावकारी बन्ने बताउनुभयो । प्रजिअ केसिले आर्युवेदे सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

समन्वय प्रमुख द्रोण बहादुर खत्रीले नसर्ने रोग बढ्दै गएको र गुल्मी जिल्लाको स्वास्थ अवस्था राम्रो बनाउने सबैको साझा विषय भएको बताउँदै पछिल्लो समय मानसिक स्वास्थका घटना बढिरहेको र यसका लागि परामर्शको काम गर्न आग्रह गर्दै जिल्लालाई योगमय बनाउनुपर्ने बताउनुभयो । त्यस अवसरमा उत्कृष्ट कर्मचारीहरु दीक्षा भण्डारी, हरि पन्त, प्रकाशसिंह ठकुरी, रेखा आचार्य केसि, तथा पत्रकार अनिल खत्रीलाई सम्मान गरिएको थियो।

अस्पताल विकास समितिका अध्यक्ष धर्मराज पाण्डेले आम जनतालाई कसरी बढिभन्दा बढि सेवा दिने भन्ने कुरालाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो । आयुर्वेद स्वास्थ्यलाई जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस केन्द्रले दैनिक रूपमा निःशुल्क विरामी परिक्षण सेवा, आयुर्वेद औषधी वितरण तगा परामर्श, जेष्ठ नागरिकका लागि रसाय औषधी, दुग्धवर्धक पोषण औषधी, जडिबुटी, पूर्वकर्म र पञ्चकर्म सेवा, लगायतका सेवा प्रवाह गर्दै आइरहेको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो