Awareness

Awareness Campaign

गुल्मीमा असाेज १० देखि १३ गतेसम्म ३० हजार राशिको पुल्चोक कप फुटबल संचालन हुने



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा यही असाेज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदैछ । पुल्चाेक स्पाेर्टस क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले पुल्चाेक कप-२०८० संचालन गर्न लागेको जानकारी दिएको हो।

Forest
Forest
Ad.

क्लबले गुल्मी जिल्लास्थित विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको क्लबका उपाध्यक्ष सन्तोष न्याैानेले जानकारी दिए । प्रतियोगितामा कक्षा १० सम्ममा छात्रा सहभागी हुन पाउनेछन्।

साथै क्लबले शिल्ड अनावरण पनि गरेको छ । रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले चाैथाे पुल्चोक कप-२०८० काे शिल्ड अनावरण गरेकी हुन् ।

क्लबले पाँचौ वार्षिकोत्सवकाे अवसरमा पुल्चोक कप आयोजना गर्दैछ । क्लबले १० गते

खेलमा ११ समूह सहभागी हुनेछन् । खेल चार दिनसम्म लगातार चल्नेछ । पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपविजेताले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो