Clean Water Campaign

Awareness Campaign

गुल्मीबाटै थपिए १६ शाखा अधिकृत



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: लोकसेवा आयोगले सोमबार शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको विवरण अनुसार उक्त नतिजामा १६ जना गुल्मेलीहरुले शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन्।

लोक सेवा आयोगले विज्ञापन १६६९६।०७८-७९ (खुला) तर्फ नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजश्व समुह, नेपाल लेखापरीक्षण सेवा र सघींय संसद सेवा, सामान्य प्रशासन समूहतर्फको नतिजा सार्वजनिक गर्दा गुल्मीले वर्चश्व कायम गरेको छ।

आयोगले उक्त समूह तर्फ रा.प तृतीय श्रेणी, शाखा अधिकृतको ११८ कर्मचारी माग गरेको थियो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार शाखा अधिकृतमा एकैपटक गुल्मीका १६ जना सिफारिस भएका छन्।

सिंचाई
Forest
Ad.

गुल्मीबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएकाहरुमा भिमप्रसाद सापकोटा, तारानाथ फुल्लेल, मोतिप्रसाद अर्याल, कमलसेन ओली, अमृता पन्थी, रामु ज्ञवाली, रमेश भण्डारी, वसन्त गैरे, अर्जुन पौड्याल, सुभाषचन्द्र अर्याल, हिरामणी गौतम, कैलाश राना, नारायण भट्टराई, सिफारिस भएका हुन । यस्तै वैकल्पिक तर्फ रामलाल भुसाल सिफारिस भएका छन्।

यस्तै सोही विज्ञापनमा महिला कोटाबाट प्रविणा भण्डारी, राधा एमसी, सिर्जना भट्टराई महिला कोटाबाट सिफारिस भएका छन् । वैकल्पिक तर्फ माया पन्थी, प्रतिमा घिमिरे, सिफारिश भएका छन् । महिला कोटामा ३२ जना माग गरिएको लोकसेवाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो