Smoking Causes Cancer

स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न बनाउनुपर्छ: प्रदेश अध्यक्ष बराल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न गराउनुपर्ने बताएका छन् । आफूहरुले भनेको गाउँगाउँमा सिंहदरबार अनुसारको अधिकार सम्पन्न अझै स्थानीय तह बन्न नसकेको उनले बताएका हुन्।

प्रेस सेन्टर नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भौगोलिक रुपमा ठुला जिल्लामा इलाका प्रशासन कार्यालय आवश्यक रहेको पत्रकारको प्रश्नमा प्रमुख वक्ता नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले त्यस्तो एजेण्डा संघीयताको मर्म अनुसार नभएको स्पष्ट पारे । संघीयतामा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने र सबै सेवासुविधा स्थानीय सरकारबाटै हुनुपर्ने उनको धारणा छ।

नागरिकता, पासपोर्ट, नापी, मालपोत, अन्य आवश्यक परिचयपत्र, केही सिफारिस पत्र र अन्य केही सेवासुविधा स्थानीय सरकारबाट हुनुपर्ने आफूहरुको एजेण्डा रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष बरालले बताए । ‘हामी इलाका प्रशासन भन्ने भन्दा धेरै माथि उठिसकेका छौं’ पत्रकार भेटघाटमा उनले भने, “नागरिकलाई जतिसक्दो सेवासुविधा स्थानीय तहबाटै दिनुपर्छ ।” नेकपा माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियान निकै प्रभावकारी भएको पनि उनले बताए।

सिंचाई
Forest
Ad.

पत्रकारले सोधेको प्रश्नमा स्थानीय तहका जनप्रतिनिधिले आफ्ना पहिचानका कार्यक्रम जिल्ला र प्रदेश र केन्द्र केन्द्रित गर्नु गलत रहेको पनि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले स्पष्ट पारे । तर, उनले स्थानीय तहको केही बिशेष प्रचारप्रसारका लागि हुने कार्यक्रम सान्दर्भिक रहेको पनि बताएका छन् । स्थानीयको लगानी हुने कार्यक्रममा उनीहरुलाई सहभागी बनाएरै स्थानीय ठाउँमै कार्यक्रम गर्नुपर्ने उनले बताएका हुन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो