Awareness

तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

पाल्पा: नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा , गौतम बुद्ध उपशाखा , मणिमुकुन्द उपशाखा ,भीमभैरव उपशाखा तानसेन , पाल्पाको आयोजना तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ। गोष्ठी स्थान संयोजन प.प.न.मा.वि.यु.जु.रे.स.तानसेनमा भएको थियो।

श्रीनगर उपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि प्रेमलाल उदास , निवर्तमान सभापति, नेरेसो रूपन्देही शाखा, राष्ट्रिय प्रशिक्षक,अग्रज रेडक्रसकर्मी रहनु भएको थियो ।विशिष्ट अतिथिको रूपमा बाबुराम कार्की , सभापति पाल्पा शाखा,बुद्धिप्रसाद शर्मा ,निवर्तमान सभापति पाल्पा शाखा रहनु भएको थियो।

Get Vaccinated

अतिथिहरूमा शकुन्तला वज्राचार्य (सभापति मणिमुकुन्द उपशाखा) वीरेन्द्र काजी शाक्य (सभापति भीमभैरव उपशाखा) तुमला बज्राचार्य (कावा सभापति गौतमबुध्द उपशाखा) सन्तवीर बराल ( प्र.अ. प.प.न.मा.वि.तानसेन) शाखा उपसभापति भिमसेन कार्की, मन्त्री केशवराज नेपाल र शाखा अधिकृत विनोद भारती रहनु भएको थियो।

शकुन्तला वज्राचार्य ( सभापति,मणिमुकुन्द उपशाखा )द्वारा स्वागत पछि पानसमा दीप प्रज्वलन तथा हेनरीको तस्बिरमा पुष्पार्पण प्रमुख अतिथि तथा सभाध्यक्षज्यूद्वारा गरिएको थियो।

सात सिद्धान्त वाचन गराइएको थियो। स्वागत नृत्य / सांस्कृतिक कार्यक्रम प.प.न.मा.वि.का यु.जु.रे.स.द्वारा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथाअगुवा रेडक्रसकर्मी प्रेमलाल उदासलाई ५ दशकसम्म उहाले रेडक्रस अभियानमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै आयोजक उपशाखाहरूको तर्फबाट दोसल्ला खादा पाल्पाली ढाका टोपी ,इष्टकोट सहित सम्मानपत्रद्वारा अभिनन्दित गरिएको थियो।

Awareness by SKF

शिक्षक नायक युवराज पँगेनी, प्रधानाध्यापक सन्तवीर वराल, विशिष्ट अतिथि बुद्धिप्रसाद शर्मा , बिशिस्ट अतिथि एवं पाल्पा शाखाका सभापति बाबुराम कार्की र प्रमुख अतिथि अग्रज रेडक्रसकर्मी प्रेमलाल उदासद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको कार्यक्रमका संचालक संजित थापा उपकोषाध्यक्ष श्रीनगर उपशाखा रहनु भएको थियो।

प्रशिक्षण सत्रमा परिचय,रेडक्रस अभियान,सात सिद्धान्त ,उपशाखा गतिविधि , प्राथमिक उपचार सिमुलेसन, युजुरेस परिचालन कार्ययोजना बिषयमा प्रशिक्षण दिनुका साथै युजुरेसहरूले बार्षिक कार्ययोजना तय गरेका थिए।

गोष्ठीमा २६ वटा सर्कलका : ८१ जनाको सहभागीता रहेको थियो। जम्मा उपस्थिति ११२ जना रहेको थियो। कार्ययोजना पारित ,मूल्यांकन ,धन्यवाद सहित सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीद्वारा समापन गरिएको थियो।

सहभागीहरूलाई खाजा, पानी, फ्रुटी वितरण आयोजक उपशाखाहरूबाट युजुरेस स्वयंसेवकहरू साथ लिई गरिएको थियो। कार्यक्रमको गोष्ठी समयको बिच बिचमा प प न मा वि को साँस्कृतिक टोलीद्वारा रमाइलो एवं सन्देशमूलक नृत्य प्रस्तुत गरेका थिए।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो