Awareness

Get Vaccinated

खड्क निशान देवीलाई नयाँ मन्दिरमा प्रवेश गराईयो



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका वडा नं ८ वामी मैदानमा अवस्थित खड्कदेवि निशान मन्दिर (वामी कोट) मा खड्क निशान देवीलाई नयाँ मन्दिरमा प्रवेश गराईएको छ ।

मन्दिरको नवनिर्मित भवनमा पुजाआजा सहित प्रवेश गराईएको हो । मन्दिरको नयाँ भवन निर्माणका लागि झण्डै २ वर्ष अगाडी खड्क निशान देवीलाई छेउमा एउटा झुपडी बनाएर राखिएको थियो । आज दिउँसो १२ ः४५ बजे नयाँ मन्दिरमा प्रवेश गराईएको खड्कदेवी निशान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिमसेन केसीले जानकारी दिनुभयो ।

उक्त शक्तिपिठको विगत २ वर्ष अगाडी निर्माण थालिएको थियो । मन्दिर निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र मुसिकोट नगरपालिकाको ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । भने ५९ लाख ५६ हजार ४ सय ६३ रुपैयाँमा ठेकेदार कम्पनीसंग सम्झौता भएको वडा नं ८ का पूर्व वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो ।

वि.स.१७८६ सालमा स्थापना भएको कोट मन्दिरको ३ पटकसम्म पुर्न : निर्माण गरिएको थियो । पछिल्लो पटक तामाको छानोले मन्दिर छाईएको छ । भने कलात्मक झ्याल ठोका र कलात्मक शैलीमा मन्दिर निर्माण गरिएको छ । निर्माण कम्पनीले समयमै काम नगर्ने र बजेट फ्रिज हुने जस्ता समस्याले समयमै काम सम्पन्न हुन नसकेको सापकोटाकाले बताउनुभयो ।

सम्झौता बमोजिम सम्पूणर् काम सकिएपनि मन्दिरको पेटी निर्माण लगायतका अन्य कामहरु बाँकी रहेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष केसीले बताउनुभयो । डिपिआर अनुसार केही बाँकी रहेका कामहरुसगैं डिपिआरमा समेत छुटेका केही कामहरु समितिले पुरा गर्ने गरी काम अगाडी बढाईएको उहाँको भनाई छ ।

ठेकेदार कम्पनीले गरेको बाहेक ४ वटा पुजा कोठामा टायल लगाउने, ९ वटा झ्यालमा ग्रील राख्ने, मुल ढोकामा च्यानल गेट राख्ने, फोहोर पानीको व्यवस्थापन, वाईरिङ लगायतका कामहरु समिति मार्फत सम्पन्न भएको केसीले बताउनुभयो । जसका लागि मुसिकोट नगरपालिकाले १ लाख २० हजार रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

वामी कोटको अहिलेसम्म आफ्नै जग्गा नभएको अवस्थामा यसलाई व्यवस्थित गर्न र जग्गा प्राप्तिको कामलाई अगाडी बढाउन प्रतिष्ठानकै रुपमा विकास गर्ने आफुहरुको योजना रहेको र दर्ता प्रक्रियामा रहेको केसीले जानकारी दिनुभयो ।

Awareness by SKF

मुसिकोट नगरपालिका वडा नं – ८ का वडाध्यक्ष रमेश विश्वकर्माले खड्कदेवी निशान सबैको आस्थाको धरोहर रहेकाले यसको विकास र अझै थप व्यवस्थापनका लागि आवश्यक पहल गरिने बताउनुभयो । भवन निर्माणसंगै मन्दिर परिषर साँघुरो भएकाले तलबाट जालि लगाएर फराकिलो बनाउनेसगैं, शौचालय निर्माण, खानेपानी लगायतका कामहरुलाई आगामी वर्ष प्रदेश या नगरपालिकासंग पहल गर्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वामी कोटमा वडादशैँको घटस्थापना देखि एकादशीसम्म पुजाआजा सहित मेला हुने गर्दछ । उक्त अवसरमा बली दिनेहरुको भीड समेत लाग्दछ । त्यस्तै चैत्राष्टमीमा समेत पुजाआजा र बली दिने गरिन्छ । पुजाआजा तथा भाकलका लागि मुसिकोट नगरपालिकासंगै छिमेकी पालिकाहरु चन्द्रकोट, बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाबाट समेत श्रद्धालुहरु पुग्ने गर्दछन् । उक्त मन्दिरमा भाकल गर्यो भने मनोकमना पुरा हुन्छ भन्ने विश्वास रहेको छ ।

खड्क निशान कोट मन्दिर प्रवेश गर्ने चोकमा वामी सेवा समिति जापानका अध्यक्ष समेत रहनुभएका कृष्ण सापकोटाको परिवारले आफ्नो बाबुआमाको नाममा प्रवेशद्धार बनाईदिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो