Hi-Speed Computer

Awareness Campaign

वामीटक्सारमा गएराति घरबाटै मोटरसाईकल चोरी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ स्थित वामी बजारबाट गएराति एक मोटरसाईकल चोरी भएको छ। स्थानीय विक्रम श्रेष्ठको मोटरसाईकल घर अगाडी पार्किङ गरि राखिएकोे अवस्थामा चोरी भएको हो।

श्रेष्ठको लु ५० प १०२५ नम्बरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको हो । घरमै मोटरसाईकल पार्क गरी राखेको अवस्थामा राति मोटरसाईकल चोरी भएको उहाँले बताउनुभयो ।

मोटरसाईकल चोरी भएको खबर पाउनासाथ उक्त स्थानमा पुगेको वामी प्रहरी चौकीको टोलीले खोजी कार्य गर्दा उक्त मोटरसाईकल गलकोट नगरपालिका हरिचौरमा फेला पारेको वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।

Forest
Forest
Ad.

“हामीले खबर पाउना साथ खोजि कार्य थाल्यौ, गलकोटमा गएराति मोटरसाईकलबाट तेल चोरी हुँदै गरेको अवस्थामा स्थानीयले देखेका रहेछन् चोरी भएको मोटरसाईकलमा तेल सकिएर फेरी तेल चोरी गर्न लाग्दा स्थानीयले थाहा पाएपश्चात चोरी गरेको मोटरसाईकल छोडेर भागेको भन्ने बुझिएको छ।”

उक्त मोटरसाईकल भेटिएको ठाउँमा केही शंकास्पद वस्तु समेत फेला परेकाले चोरी गर्ने व्यक्ति समेत पत्ता लाग्ने उहाँले बताउनुभयो । हटिया प्रहरी चौकीसंग सम्पर्क गरी नीज बाईक धनीलाई बाईक लिन पठाईएको समेत उहाँको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो