Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका २३ वर्षीय युवा मृत फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला परेका छन्। जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर ६ का कपिल कुँवर मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी तीजको दिन असाेज १ गते प्युठानकाे झिमरुक गाउँपालिका वडा नम्बर १ बालुवाखोला तिजको नाच हेर्न भनी गएका थिए । तर, असाेज ३ गतेसम्म पनि घर नआएपछि घरपरिवारले प्रहरीमा जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय पुर्काेट दहले त्यसपछि खाेजी कार्य सुरु गरेको थियो । खाेजी कार्यकाे क्रममा असाेज ४ गते दिउँसो साढे १२ बजे प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ सुसानेपहरामा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

सिंचाई
Forest
Ad.

मृत्यु हुनुको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव पाेष्टमार्टमकाे लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो