Awareness

Get Vaccinated

चेक रिपब्लिकका विभिन्न सहरमा हरितालिका तीज कार्यक्रम भव्यताका साथ सम्पन्न



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

चेक गणतन्त्र: गैरआवासिय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति, चेक गणतन्त्रको आयोजना तथा बर्नो सहर स्थित नेपालीहरुको सहयोग र सहकार्यमा नेपाली नारीहरूको महान पर्व हरितालिका तीज सेप्टेम्बर महिनाको १७ तारिखका दिन भव्य रुपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष बैकुण्ठ रायमाझीको सभापतित्व, एनआरएनए आईसीसी (ICC) सदस्य तथा पूर्व NCC चेकका अध्यक्ष डा. चिरन्जिवी खड्काको प्रमुख आतिथ्यता तथा नवनिर्वाचित ICC सदस्य उत्तम कुमार आचार्य र निवर्तमान अध्यक्ष यदुराम पन्थीको विशेष आतिथ्यता तथा संस्थाका वर्तमान तथा पूर्व सल्लाहकार तथा पदाधिकारी र करिब २ सय बढि नेपाली सहभागी कार्यक्रमको सञ्चालन चेक गणतन्त्रकी प्रवक्ता तथा सचिव अम्बिका पाण्डे र महिला उपाध्यक्ष पवित्रा थापामगरले गरेका थिए।

चेकको दोस्रो ठुलो सहर बर्नोको नेपाली थाली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै संस्थाकी सदस्य कविता अर्यालले उपस्थितिको लागि धन्यवाद व्यक्त गरिन। कार्यक्रममा साना नानीहरुसंगै शान्ति बुढा, आलिशा सापकोटा, स्मृति गुरुङ्ग, शर्मिला सापकोटा र सरु पौडेलको व्यक्तिगत नृत्य तथा अध्यक्ष रायमाझीको जोडदार गायन प्रस्तुति रहेको थियो। अध्यक्ष रायमाझी चेकमा अन्तराष्ट्रिय कलाकार समाजको संस्थापक र हाल उक्त संस्थाका सदस्य समेत रहेका छन।

छमछम नृत्य तथा गायन तथा नेपाली मौलिक पोशाकद्वारा सुसज्जित कार्यक्रममा महिला दिदीबहिनीहरुलाई दर खुवाउने कार्यक्रममा नेपाली थाली रेस्टुरेन्टका संचालक प्रकाश सापकोटा संगै उक्त रेस्टुरेन्ट परिवार र मुख्यगरी बर्नो स्थित अन्य रेस्टुरेन्ट व्यवसायी तथा प्रबुद्ध व्यक्तिहरुको महत्वपूर्ण सहयोगमा सम्पन्न भएको थियो। सहयोग गर्नेको नामावाली अन्त्यमा प्रस्तुत गरिएको छ।

संस्थाकी प्रवक्ता अम्बिका पाण्डेले एनआरएनएले बर्नोमा पहिलोपटक तीज कार्यक्रम गर्नको लागि बर्नोबाट प्राप्त सहयोग र सहकार्यको लागि संस्थागत रुपमा बर्नो स्थित नेपाली समुदायलाई विशेष आभार प्रकट गरेको जानकारी दिइन। अध्यक्ष बैकुण्ठ रायमाझीले चेकमा नेपालीको बसोबास छरिएर रहेकोले यस्ता कार्यक्रम अझै प्रभावकारी रुपले गर्न हरेक सहरमा एनआरएनएका क्षेत्रीय समन्वय समिति गठन गर्नुपर्नेमा जोड दिए। आइसिसी सदस्य डा. खड्काले एनआरएनएका मुख्य कामहरु संगै यस्ता मौलिक कार्यक्रमले सबैलाई भेट्न र सुखदुख साटासाट गर्न बल पुर्याउने बताए।

Awareness by SKF

डा. खड्काले चेकका रेस्टुरेन्ट व्यवसायीलाई नेपाली कामदार अभावबाट परेको समस्यालाई सरकारीस्तरबाट पहल गर्ने र त्यसलाई मुर्तरुप दिने प्रतिबद्धता पुनः व्यक्त गरे। त्यस्तै, नवनिर्वाचित आइसिसी सदस्य उत्तम आचार्यले भेषभुषा तथा संस्कृति जगेर्ना र त्यसको पुस्तान्तरणको लागि हरेक चाडपर्व यसैगरी सबै सहरमा मनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपालदेखि आउनुभएका ज्येष्ठ सदस्यहरुको पनि महत्वपूर्ण उपस्थिति थियो। त्यस्तै संस्थाको तर्फबाट सभापति, कार्यक्रम सञ्चालिकाहरु संगै संस्थाका वरिष्ठ उपाध्यक्ष गिरि प्रासाद कंडेल, सचिव नवराज अधिकारी, युवा सह-संयोजक समिर अधिकारी तथा सदस्य कविता अर्यालको पनि उपस्थिति रहेको थियो।

त्यसैगरी, Toyoda Guesmi Sro मा काम गर्ने कादन/Klasterec स्थित नेपाली समुदायद्वारा पनि हरितालिका तीज विशेष कार्यक्रम सेप्टेम्बर १६ तारिक शनिवारका दिन सम्पन्न भएको थियो। ‌एनआरएनए र इनास चेकका अध्यक्षहरु संगै पूर्व तथा वर्तमान पदाधिकारी तथा स्थानीय कलाकारहरुको उपस्तिथि तथा बेजोड प्रस्तुति रहेको कार्यक्रममा आयोजकले आफैले पकाएको दर खुवाएर दिदीबहिनीलाई सम्मान गरेको थियो। कार्यक्रममा आधुनिक, लोक गायान, नृत्य, कन्सर्ट संगै गजल वाचन र हास्यव्यङ्ग्य सहित ऐतिहासिक कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग उपलब्ध गराउनु हुने महानुभावहरुको नामावली यसप्रकार रहेकाे छ:

सहयोगदाताको नाम सहयोग रकम (चेक मुद्रामा)
शिवलाल खराल
(बुद्ध इन्डियन नेपाली रेस्टुरेन्ट)
५,०००/-
हिरा बहादुर खत्री
(अन्नपूर्ण इन्डियन नेपाली रेस्टुरेन्ट)
४,०००/-
सरुना शाक्य
(सरगम इन्डियन नेपाली रेस्टुरेन्ट)
२,०००/-
चन्द्र अधिकारी
(जोमसोम इन्डियन नेपाली रेस्टुरेन्ट)
२,०००/-
डिलु भुसाल
(हिमालय नेपाली इन्डियन रेस्टुरेन्ट)
२,०००/-
पारस सापकोटा
(नेपाली थाली नेपाली इन्डियन रेस्टुरेन्ट)
२,०००/-
नुम ब. क्षेत्री र उत्तम आचार्य
(नेपाल इन्डियन नेपाली रेस्टुरेन्ट)
४,०००/-
नवराज सापकोटा
(माउन्ट एभरेष्ट इन्डियन नेपाली रेस्टुरेन्ट)
१,०००/-
सञ्जय अधिकारी २,०००/-
छत्र बहादुर अधिकारी २,०००/-
अचित केसी २,०००/-
बैकुण्ठ रायमाझी २,०००/-
डा. चिरञ्जीवी खड्का १,०००/-
अर्जुन सापकाेटा १,०००/-
लक्ष्मण गैरे १,०००/-
नवराज अधिकारी १,०००/-
यदुराम पन्थी १,०००/-
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो