Awareness

Musikot Mahotsav

गुल्मीमा अविवाहित महिला र पुरुषलाई भत्ता



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो ।

Snow
Forest
Ad.

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रम अन्तर्गत साउन महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिनेगरी सूचना प्रकाशन गरेको छ ।

अविवाहित पुरुष र महिलाहरू पनि कुनै न कुनै रूपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस नगराउनका लागि प्रतिमहिना एक हजार रुपियाँका दरले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतबाट भत्ता दिने गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।

अविवाहित महिला पुरुषहरूको साथमा गाउँपालिका रहेको अनुभूति दिनका लागि आफूहरूले यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागु हुने गरी भत्ता प्रदान गर्ने थापाले बताउनुभयो ।

पालिका भित्रका नागरिकहरूलाई एक्लो भएको भन्ने हीनताबोध नगराउन र वृद्ध वृद्धाहरूलाई सम्मान गर्ने जस्ता कार्यक्रमहरूलाई पालिकाले प्राथमिकता दिएको थापाको दाबी छ ।

पालिकाले जारी गरेको सूचनामा वडाबाट अविवाहित भएको प्रमाणित पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, २ प्रति फोटो, बैङ्क खाता नम्बर र चेक बुकको प्रतिलिपिसँगै आमा बाबुको नाम र मोबाइल नम्बरसहित निवेदन पेस गर्नुपर्ने छ । यो समाचार गाेरखापत्र दैनिकमा तिलाचन पाण्डेले लेख्नुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो