Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीकी एक महिलाको रूपन्देहीमा रहस्यमय मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीकी एक महिलाको रूपन्देहीको तिलोत्तमामा रहस्यमय मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोककी अन्दाजी ४३ बर्षिया यमकला पन्थीको तिलोत्तमा नगरपालिका–३ शंकरनगरमा रहस्यमय मृत्यु भएको हो ।

उनलाई श्रीमानले मादक पदार्थ सेवन गरी हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि मृतकको बहिनीको जाहेरीका आधारमा श्रीमान ४५ बर्षिय ममराज पन्थीलाई बुटबल प्रहरीले नियन्त्रणमा लिएको छ । शंकरनगरमा पन्थी परिवार कोठा भाडामा लिई बस्दै आएका थिए ।

सिंचाई
Forest
Ad.

आफु बस्ने घरको तलपट्टि यमकला २७ गते बिहान अचेत अवस्थमा फेला परेकी थिइन् । उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

श्रीमान ममराजले यसभन्दा अगाडी पनि मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने गरेकोले अहिले श्रीमानले नै हत्या गरेको भन्दै बहिनीहरुले ममराजका बिरुद्ध किटानी जायरी दिएका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटबलका डिएपी दान बहादुर थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो