Awareness

तीन महिनापछि रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरु

खबर

Place for ads

सन्तोष महतारा, गुल्मी: रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ। माैसम खराबीले उडान भर्न नसकेको नेपाल एयरलाइन्सले आज शुक्रबार देखि उडान सुरु गरेको हो।

माैसम सफा भएपछि कम यात्रु हुँदा पनि रेसुङ्गा विमानस्थल जहाज अवतरण गरेको नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेशन इञ्चार्ज सुमन सिंह थापाले जानकारी दिए । उनका अनुसार, काठमाडौंबाट रेसुङ्गाकाे लागि ११ जना यात्रु थिए । भने रेसुङ्गाबाट काठमाडौंका लागि मात्रै तीन जना यात्रु थिए ।

Get Vaccinated

माैसम खराबीका कारण ६ असार २०८० मा आएको जहाज लगातार तीन महिना आउन सकेको थिए । अब नियमित उडान हुने नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेसन इञ्चार्ज थापाले बताए ।

काठमाडौं-रेसुङ्गा बिहान ६:३० बजे र रेसुङ्गा-काठमाडौं ७:४० बजे उडान हुने गरेकाे छ । हरेक शुक्रबार उडान हुने यस विमानस्थलमा एकतर्फी भाडा छ हजार तीन सय रहेकाे छ ।