Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका वडाध्यक्षले यौन शक्ति बढाउन प्रयास गर्दा बाहिरियो अश्लिल भिडियो (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: प्रविधिको विकास सँगै शहर देखि गाउँसम्म अनलाइन मार्फत उपभोग्य सामग्री र औषधीहरु किनमेल हुने क्रम बढेको छ। यो सँगै ब्ल्याकमेल गर्दै ठग्ने र बदनाम गराउने क्रम पनि बढेको छ। यसैको पछिल्लो उदाहरणका पात्र बनेको बताउँछन् गुल्मीको सत्यवती गाउँपालिका-१ का वडा अध्यक्ष अर्जुन कनौजे।

आफुले तरकारी खेती गर्दा विषादी छर्ने क्रममा आफ्नो यौन शक्ति ह्रास भएकोले आफु उपचार गर्न सुनौली गएको र डाक्टर बनेका एक जना भारतीय नागरिकले २० हजार बराबरको यौनशत्ति बढाउने यार्सागुम्बा भनिएको औषधी खरिद गरेर आएको कनौजेको भनाइ छ । त्यसपछि भिडियोकल मार्फत उक्त औषधीको प्रभावकारीता भए / नभएको परीक्षण गर्छु भन्दै गोप्य अंग देखाउन लगाएको र आफुले विश्वासमा परी देखाएको उनले बताए ।

त्यही भिडियो पछि निज भारतीय नागरिकले सोही वडाको वडा सदस्यको म्यासेन्जरमा पठाई ब्ल्याकमेल गर्दै थप पैसा ठग्ने चेतावनी दिएको कनौजेले भावुक हुँदै भने । त्यही भिडियो स्थानीयले पनि सामाजिक सञ्जालमा भाइरल बनाएपछि आफु तनावग्रस्त बनेको र साइबर क्राइम विरुद्धको कारवाहीका लागि आफु इलाका प्रहरी कार्यालय रीडि पुगेर निवेदन दर्ता गराएको कनौजेले बताए ।

सिंचाई
Forest
Ad.

त्यस प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अनिल थापाले पनि आफु ठगिएको र बदनाम गर्ने नियतले उक्त गोप्य भिडियो सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको विषयमा भिडियो हटाइदिने र ठगी गर्ने गीरोहलाई खोज तलास गरी कारवाहीको दायरामा ल्याइ पाउँ भनी वडा अध्यक्ष कनौजेले उजुरी दिएको बताए ।

त्यस गाउँपालिका प्रमुख टिकाराम पाण्डेले वडा अध्यक्ष कनौजेको यौन शक्तिमा कमी आई अनलाइन मार्फत उपचार गर्दा गोप्य अंग देखाएको र त्यसैलाई भिडियो गरी सामाजिक सञ्जाल मार्फत ब्ल्याकमेल गरेको आफुले जानकारी पाएको बताए । पाण्डेले अनलाइन मार्फत किनमेलबाट यस्ता घटना हुने भएकोले यस्ता कुराहरुबाट बच्न सबैसंग अनुरोध गरे ।

जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले ठगी विरुद्ध उजुरी परेको र अनुसन्धान भइरहेको बताए । वडा अध्यक्ष जस्तो मान्छे यस्ता कुरामा सचेत भई गोप्य अंगजस्तो कुरा भिडियो देखाउँन नहुने र यौन शक्ति बढाउने हुँदा उनको प्रतिष्ठा घट्न पुगेको स्थानीयको भानइ छ ।

हामीलाई प्राप्त उक्त भिडियोमा वडा अध्यक्ष कनौजे सर्बत्र नाङ्गै छ्न् । कपडाको नाममा उनको शरिरमा जनै मात्र देखिन्छ । उता केही दिन अघि आत्महत्या गरेका मुसिकोट नगरपालिका १ का वडा अध्यक्ष मोहन घिमिरेले पनि त्यस रात वडा अध्यक्षको युनतम नैतिकता गुमाउदा ज्यान हालेको स्थानिय स्तरमा चर्चा गरिए पनि प्रहरीले त्यस घटनाको सत्यतथ्य बाहिर ल्याएको छैन । सर्वाजिन ओहोदामा रह्रेका ब्यक्तिहरुको जुन सुकै घटनाको सत्यतथ्य बाहिर ल्याउनु पर्ने सर्वसाधारण सम्मको भनाई छ । आखिर रातको समयमा परस्त्रीको कोठामा पुगेका पुर्व सभामुख कृष्ण बहादुर महराज जस्तो ब्यक्तिको घटना पनि बाहिर आएको थियो।

Awareness by SKF

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो