Awareness

बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा

खबर

Place for ads

रासस, बागलुङ: बागलुङमा ११ वर्षपछि पुनः चारपांग्रे सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आएको छ ।

यातायात व्यवस्था कार्यालय बागलुङले बुधबारदेखि चारपांग्रे सवारीचालक अनुमति पत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरेको हो ।

Get Vaccinated

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले (बि) (सि) (ई) (एफ) र (जी) वर्ग (चारपांग्रे) सवारीचालक अनुमतिपत्रका लागि बुधबारदेखि प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु गरिएको बताए । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गरेर प्रयोगात्मक परीक्षा सुरु गरिएको हो ।

बागलुङमा (ए) र (के) वर्ग (दुईपांग्रे) सवारीको मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो । चारपांग्रेको लागि भदौ १७ गते अनलाइन आवेदन खुल्ला गरेको यातायात व्यवस्था कार्यालयले बुधबारदेखि ट्रायल परीक्षा सञ्चालनमा ल्याएको हो । बागलुङमा ट्रायल सुरु भएपछि बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका सेवाग्राहीलार्ई सहज हुने अपेक्षा गरिएको छ ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख थापाले ड्राइभिङ इन्स्टिच्यूटले बनाएको संरचना भाडामा लिएर ट्रायल सञ्चालन गरिएको बताए।