अनिश पन्थी, गुल्मी: नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा तिजगित प्रतियोगिता एवं दरखाने कार्यक्रम सम्पन्न भएको छ।
हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिज २०८० को अवसरलाई मध्यनजर पार्दै उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले हिन्दु नेपाली नारिहरुको यो महान चाडमा शुभकामना व्यक्त गर्दै आफू पनि गित सङ्गितको पारखी रहेको बताए।
सङ्गीत कलाकारको माध्यमवाट गुल्मी धेरै अगाडि रहेको बताए।गुल्मीले जन्माएका आज सयौ कलाकार देश बिदेशमा ख्याती कमाएको बताए। गित सङ्गितले मानिसको मन भित्रको पीडा भुलाइदिने एउटा माध्यम रहेको बताउँदै गित सङ्गितको उजागर गरि मौलिक गित सङ्गितलाइ बढी प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा रेसुङ्गा क्याम्पसमा अध्यनरत विभिन्न सङकाएका १० टिम दर्ता थिए। जसमा प्रथम स्नातक तह दोस्रो बर्ष शिक्षा सङकाएमा अध्यनरत बिद्यार्थीको समूह भएको लोक तथा दोहोरी गित प्रतिस्ठान गुल्मीका पुर्व अध्यक्ष एवं कार्यक्रममा निर्णायक मण्डल प्रमुख खुम खत्रीले जानकारी गराएका थिए।
त्यस्तै दृतिय स्नातक तह चौथो बर्षमा अध्यनरत बिद्यार्थीको समूह भएको थियो भने तृतीय स्नातक तह तेस्रो बर्षमा अध्यनरत बिद्यार्थीको समुह भएको खत्रीले जानकारी दिए।
कार्यक्रममा लोकदोहोरी प्रतिस्ठान गुल्मीका पुर्व अध्यक्ष खत्री सहित प्रथम उपाध्यक्ष मोहन बस्नेत र रेडियो रेसुङ्गाकी स्टेसन म्यानेजर अनिता खत्री रहेका थिए।
प्रथम द्रोस्रो र तेस्रो हुनेलाइ कार्यक्रमका प्रमुख अतिथिद्वारा नगद र प्रामाणपत्र सहित सम्मान गरिएको थियो भने उपस्थिति प्रतियोगीलाई पनि प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
बिद्यार्थी हक हितको लागि नया इकाई समिती निर्वाचित हुदाओ बखतबाट नै नयाँ र रचनात्मकको कामको सुरुवात गर्न लाएको नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका सभापति शिव भण्डारीले बताए। यी र यस्ता कार्यक्रम बिद्यार्थीकै माग अनुरुप र समय सान्दर्भिक गर्दै आएको सभापति भण्डारीले बताए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










