Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा आमाको काजकिरिया गर्दै २० वर्षीया छाेरी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

मनाेज कार्की, गुल्मी: गत भदौ २ गते मालिका गाउँपालिका-७ घमिरकी बाटुला रोकाहा मगर एक्कासि बिरामी परिन्। उपचारको लागि उनलाई परिवारले गुल्मी अस्पताल लगे । अस्पतालले स्वास्थ्य अवस्था गम्भिर देखेपछी वाटुलालाई काठमाडौं स्थित टिचिङ्ग हस्पिटल रिफर गर्यो । चेकजाँच पछि वाटुलालाई जण्डिस देखियो । डाक्टरको सल्लाह र औषधी सेवनपछि उनको स्वास्थ्य केहि सुधार हुदैँ आएको थियो।

बाटुलाको परिवारमा श्रीमान र चार छोरी छन् । दई छोरीको विहे भईसकेको छ भने साइली र कान्छी छोरीले गाउँकै स्कुलमा पढ्दै आएका छन् ।डाक्टरले वाटुलाको स्वास्थ्यमा सुधार आएको बताएपनि उनको एक्कासी उपचारको क्रममै अस्पतालमा भदौ १३ गते मृत्यु भयो । वटुलाको पार्थिक शरिरलाई समाजसेवी सुर्य लम्सालको पहलमा घमिर काठमाडौं सरोकार समाज सहित परिवारले पशुपति आर्यघाट दाहसंस्कार गरे।

दाजुभाई र परिवारको सल्लाह अनुरुप उनको काजकिरिया गाउँमै गर्ने निर्णय गरियो । साइली छोरी कञ्चन पार्थिक शरिरलाई सदाको लागि छोडेर आमाको सम्झना र याद बाकेर गाउँ फर्किन् । समाजमा हिन्दु संस्कार अनुसार आमा बुबा र अन्य परिवारका सदस्यको मृत्यु भएमा छोरीले काजकिरिया गर्न हुदैँ भन्ने चलन छ । प्रायः आमा बुबाको मृत्युपछि छोराले नै काजकिरिया गर्छन।

सिंचाई
Forest
Ad.

तर गुल्मीको मालिका गाउँपालिका ०७ घमिरमा आमाको मृत्युपछि २० बर्षीय साईली छोरी कञ्चन रोकाहा मगरले आमाको काजकिरिया गरिरहेकी छिन् । घरमा आमाको किरिया गर्नका लागि छोरा नभएपछि छोरीले नै दागबत्ती दिएर काजकिरिया सुरु गरेकी हुन् । सानो उमेरमै आमा गुमाएकी कञ्चनको फोटो सामाजिक संजाल फेसबुकमा भाइरल छ । छोरीको आँट र साहसलाई सम्मान गर्दै प्रशंसा गरेका छन्।

छोरी कञ्चन भन्छिन् “समाजमा सन्तान बिच देखिने विभेद चिरेर छोराछोरी बराबरको सन्देश दिदैँ आफ्नो कर्तव्य निभाएकी हुँ।” उनले भनिन्,“हाम्रो समाज अझै अन्धो छ आखाँ देखाउने काम हामीबाट सुरु हुनुपर्छ ।” उनले भनिन्।

बुबा आमाको मृत्युपछि छोराले सबै गरेको त देखिरहेका छौं तर छोरीले आमाको दाहसंस्कार देखि काजकिरिया सकेको त गाउँकै पहिलो भएको मालिका गाउँपालिका ७ का वडाध्यक्ष हिरा कार्की बताउँछन् । वडाध्यक्ष कार्की भन्छन् हप्तादिनकै अन्तरालमा भएको घटनाले सिङ्गो गाउँनै शोकमा छ । छोरपनि परिस्थिती अनुसार जस्तोसुकै काममा काँध थाप्न सक्छन् भन्ने उदाहरण समेत पेश गरेकी छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो