Smoking Causes Cancer

गुल्मीबाट बुटबल जाँदै गरेको स्कार्पियो पाल्पामा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिका-२, देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरो खसेर स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ।

मृतकको सनाखत हुन सकेको छैन । त्यस्तै पहिरोमा पुरिएर ५ जना घाईते भएको घटनास्थ्लबाट रिब्दिकोट गाउँपालिका वडा नं १ का वडाध्यक्ष ओम प्रसाद पोखरेलले जानकारी दिनुभयो।

बुधबार बिहान खसेको सुख्खा पहिरोमा स्कार्पियो पुरिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सिंचाई
Forest
Ad.

गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको छ।

यहाँ सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो