Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको यस्तो गाउँ जहाँ बाख्रालाई माता मानेर पूजिन्छ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: केही समयअघि धरानमा गौहत्याको घटनापछि फैलिएका विभिन्न टिकाटिप्पणी अझै पनि कायम नै छ। धार्मिक तथा सामाजिक परम्परासँग जोडेर उक्त घटनाको समर्थन र विरोधमा आवाज उठाउनेहरु अझै पनि मत्थर भएका छैनन्।

तर, गुल्मीमा यस्तो समाज पनि छ जहाँ बाख्रालाई ‘माता’ मानेर पूजा गर्ने गरिन्छ। उक्त समाजले बोका बाख्राको हत्या गर्दैनन्, बरु उनीहरुलाई पूज्ने गर्दछन् । गुल्मीको कालिगण्डकी गाउँपालिकामा रहेक केही मगर समुदायले बाख्रालाई माता समान मानेर पूज्दै आएका छन्।

वडा नम्बर–५ फोक्सिङ्गका चितैरे थरका राना मगर समुदायले बाख्रा तथा खसी बोकाको हत्या नगर्ने परम्परा रहेको वडाका वडाध्यक्ष दानबहादुर रानाले बताए । उनका अनुसार परापूर्व कालमा नवजात शिशुकी आमाको मृत्युपछि बाख्राको दूध खुवाएर ती शिशुलाई हुर्काइएको थियो । उक्त घटनापछि त्यस समुदायले बाख्रालाई भगवान सरह मानेर पूज्न थालिएको उक्त समूदायका मानिसहरु बताउँछन् । घरमा बोका बाख्रा पालन गरे पनि किन्न आउने ग्राहकलाई समेत मासु प्रयोजनका लागि विक्रि नगर्ने उनीहरु बताउँछन् ।

सिंचाई
Forest
Ad.

चितैरे थरका मात्रै होइन अन्य रानाहरु समेत बाख्राका हत्या नगर्ने परम्परा रहेको गाउँपालिका अध्यक्ष बेद बहादुर थापा बताउँछन् । उनका अनुसार कालीगण्डकी वडा नम्बर ४ पुर्तिघाटका राना समुदायले बाख्रालाई आमा वा दिदि मानेर पूज्ने प्रचलन रहेको छ । यसैगरी वडा नम्बर–३ जयखानीका श्रीस मगर र वडा नम्बर–२ अर्बेनीका पुन मगरहरुले समेत बाख्राको हत्या नगर्ने प्रचलन रहेको उनले बताए।

उक्त समुदायिमा पूजापाठ गर्दा चामलको पिठो भिजाएर गाई, गोरुको पर्तिमूर्ती र दाम्लो बनाई तिनै प्रतिमूर्तिलाई बलि चढाएर मात्र अन्य पूजापाठ गर्ने प्रचलन रहेको छ। यहाँ पाका पूर्खाहरुको भनाई अनुसार जनजाती बाहुल्य रहेको यस ठाउँमा कुनै समय सुङ्गुरको बलि दिने प्रथा थियो । यहाँका आदिबासी जनजातिहरुले दशैमा चामलको सेतो टीका लगाउने प्रचलन थियो । आर्यमुलको बाहुल्यता बढेपछि भने विजया दशमीका रुपमा राँगा, पाठाको बली दिने प्रचलन सुरु भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो