Salime Malika Krishi Farm

Awareness Campaign

आईसीएसले मुसिकोटकी तुल्सी रानालाई उच्चशिक्षाको व्यवस्था गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: आईसीइस इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेस ले गुल्मीको मुसिकोटकी एक बालिकालाई कक्षा ११ र १२ अध्ययन गराउने भएको छ ।

आर्थिक अवस्था कमजोर भएको कारण कक्षा १० पास गरेर कक्षा ११ मा भर्ना हुन नपाएकी तुल्सी रानालाई आईसीएसले पढाउने भएको हो । उनले कक्षा ११ र १२ पढाइ गर्नको निम्ती आवश्यक पर्ने रकम आईसीएसमार्फत प्राप्त गरेकी छन् ।

आईसीएसका डाइरेक्टर केदार सापकोटाले रानाको पढ्ने इच्छालाई सम्मान गर्दै महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मीमा कक्षा ११ मा भर्ना हुन लाग्ने भर्ना शुल्क, कापीकिताब शुल्क, मासिक शुल्क, पोशाक तथा अतिरिक्त क्रियाकलापको लागि लाग्ने खर्च प्रदान गरिएको जानकारी दिए । सापकोटाले हरेक बर्ष कम्तीमा एक जना विद्यार्थीको उच्च शिक्षाको निम्ती सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

सिंचाई
Forest
Ad.

आईसीएसको सहयोगसँगै रानाले हाल कक्षा ११ मा भर्ना भएको विद्यालयका प्रधानाध्यापक देविराम शर्माले जानकारी दिए ।

होटल व्यावसायी मन्च मुसिकोटका अध्यक्ष समेत रहेका समाजसेवी विवेक काफ्लेको पहलमा आईसीएससहित अन्य संघसंस्थाहरुले उक्त विद्यालयमा भर्ना भएका तीन जना विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिएको छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ७ घर भई हाल जापानमा कार्यरत नारायण बोहोरा क्षेत्रीले कक्षा ७ मा अध्ययनरत प्रमिषा रानालाई नगद हस्तान्तरण गरेका छन् । प्रमिषा अभिभावक विहिन बालिका हुन्। उनका बुबा आमा सम्पर्कमा नरहेको र मामा घरमा बसेर अध्ययन गर्दै आईरहेकी छिन्।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ८ घर भई हाल जापानमा व्यवसाय गर्दै आएका कृष्ण प्रसाद खरालले कक्षा ६ मा अध्ययन गर्ने प्रकाश रानालाई नगद सहयोग गरेका छन् । प्रकाशले केही वर्ष अगाडि बुवा गुमाए पश्चात अहिले घरमा एक्लै बस्दै आएका छन्। उनकी आमा समेत अर्कैको घरमा काम गर्ने र उतै बस्ने गर्दा उनी घरमा एक्लै भएका हुन्। बिहान बेलुकी घरको काम संगै मजदुरी गरेर उनले दिउँसो विद्यालय पढ्दै आएका छन्।

Awareness by SKF

विदेशमा रहेर आफ्नो श्रम र पसिना खर्च गरी आर्जन गरेको पैसाले अभाव र पीडामा रहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्ने गरी सहयोग प्रदान गरेको भन्दै विद्यालयका प्रधानाध्यापक देविराम शर्माले सबै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो