Salime Malika Krishi Farm

Awareness Campaign

बडिगाडमा ‘मिलेर खोज र नष्ट गर, फैलिन नदेऊ’ अभियान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जिटिभि, गुल्मी: बागलुङको बडिगाड गाउँपालिका परिसरमा कर्मचारीहरुको अगुवाईमा १० गते १० बजे १० मिनेट “मिलेर खोज र नष्ट गर, फैलिन नदेऊ” जिल्ला भरिको अभियान अन्तरगत आईतबार सरसफाई कार्यक्रम गरिएको छ ।

वर्षयाम सुरु भएसंगै गाउँपालिका वरिपरि उम्रियका घाँस, पालिका सडककै छेउमा रहेकाले सडक नालीमा वर्षाको पानीले बगाएर ल्याईएका फोहोरहरुको आज व्यवस्थापन गरिएको छ ।

वर्षायाम संगै लामखुट्टेको प्रकोप बढ्दै गईरहेकोले डेङ्गीको प्रकोप बढ्ने र यो रोग जो कसैलाई पनि सर्न सक्ने भएकोले एकै दिन, एकै समयमा जिल्ला भरिका गैर सरकारी निकाय, स्थानीय तह, स्वास्थ संस्था, विद्यालयहरु, जनसमुदायका घर तथा पसल वरपर टोल तथा समुदायमा पानी जम्न नदिने, पानी जम्ने खाल्दो पुर्ने, घर वरिपरीका झाडी सफा गर्ने र पानीको भाँडो छोपेर राख्ने अभियान अनुसार गाउँपालिका परिसरमा पनि सरसफाई गरिएको प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

पालिका मातहतमा रहेका सम्पूणर् सरकारी तथा गैर सरकारी संघ संस्था, विद्यालयहरुमा समेत यो अभियान एकै दिन, एकै समयमा गरिएको पनि उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो