Salime Malika Krishi Farm

Awareness Campaign

आत्महत्या न्यूनिकरणको लागि गुल्मी प्रहरीको अभियान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पछिल्लो समयमा बढ्दै गइरहेको आत्महत्या न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय, गुल्मीले अभियान थालेको छ।

गुल्मी प्रहरीले गुल्मी अस्पतालसँगको सहकार्यमा ७० जना प्रहरी कर्मचारीहरुलाई आत्महत्या विरुद्धको प्रशिक्षण दिएको हो । भदौ ४ र ५ गते गरी दुई दिनसम्म संचालन गरिएको प्रशिक्षण कार्यक्रममा गुल्मी अस्पतालकी बरिष्ठ नर्सिङ अधिकृत संगिता रेग्मी र प्रहरी उपरीक्षक नविन किशोर प्रधानले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय एवम् मातहतका इलाका प्रहरी चौकी र प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

सिंचाई
Forest
Ad.

जिल्लामा पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गइरहेकोले त्यसलाई न्यूनिकरण गर्नको लागि प्रहरीबाटै अभियान सुरु गरिएको प्रहरी उपरीक्षक प्रधानले बताए।

आत्महत्या न्यूनिकरणका लागि जिल्ला प्रहरीले स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, पत्रकार महासंघ, गुल्मी अस्पताल, रेडक्रस, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका संघ संस्था लगायत गरी १०२ वटा समिति गठन गरी वडास्तरसम्म कार्यक्रम गर्ने विशेष योजना बनाएको छ । उक्त योजनाअन्तरगत अभिमुखिकरण एवम् प्रशिक्षण, समन्वयात्मक कार्य गर्ने, सचेतनामुलक कार्यक्रम संचालन गर्ने लगायतका काम गरिनेछ।

‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ सम्पन्न गर्न थालिएको कार्यक्रममा विभिन्न विद्यालयमा जनचेतनामुलक कक्षा संचालन, शारीरिक व्यायाम, योग तथा ध्यान, तनाव व्यवस्थापन लगायतका बिषयमा प्रशिक्षण दिइने प्रहरीले जनाएको छ । त्यस्तै आत्महत्या गर्नबाट जोगिएका व्यक्तिहरुबाट लक्षित वर्गमा सचेतनामुलक कार्यक्रम एवम् परामर्श प्रदान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

मानिसमा अहिले इच्छ्या, आकांक्षाहरु बढ्दै गएका छन् । सिमित स्रोत र साधनले उक्त आकांक्षाहरु पुरा गर्न नसक्दा मानिसहरुले आत्महत्या गर्ने गरेका छन् । लिएको ऋण तिर्न नसक्ने, बढ्दो सूचना प्रविधिको प्रयोग, प्रेम विवाह तथा विवाह सम्बन्धमा आएका खटपट, अवैधानिक गर्भाधान, झगडा, पारिवारिक बेमेल, जुवातास लगायतको कारणले पनि आत्महत्या हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले बताए । गुल्मीमा बार्षिकरुपमा ५५ देखि ९८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ।

Awareness by SKF

आर्थिक बर्ष ०७५/७६ मा ५५, ०७६/७७ मा ८०, ०७७/७८ मा ९८, ०७८/७९ मा ७१ एवम् ०७९/८० मा ८२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पनि आत्महत्या न्यूनिकरण गर्न विभिन्न योजनाहरु बनाएको प्रधानले बताए ।

उक्त योजनाअन्तरगत गुल्मी प्रहरीले गत साउनमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्रतग ११४ वटा कार्यक्रम सम्पन्न गरेको थियो । जसमा दुई हजार २९० जना लाभाम्वित भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो