Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङ वरिष्ठ सई हत्या घटना: होटल सञ्चालक आमा-छोरा जेल चलान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज, प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)को हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा–छोरा पुर्पक्षका लागि जेल चलान भएका छन्।

बुधबार भएको थुनछेक बहसपछि बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो।

कुँवरको होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल गत साउन ८ गते राति मृत फेला परेका थिए। होटलमा मृत फेला परेका पौडेलको हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई पक्राउ गरेको थियो।

सिंचाई
Forest
Ad.

प्रहरी अनुसन्धानबाट खुलेअनुसार वरिष्ठ सई पौडेल साउन ८ गते (सोमबार) राति ८ बजेतिर आशा होटल एण्ड खाजा घरमा गएका थिए। खाजा घरमा सञ्चालक आशा कुँवरसँग विवाद भएको देखिएको प्रहरीले जनाएको थियो।

विवादका क्रममा आमा–छोरा मिलेर वरिष्ठ सईलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कुटपिटपछि भुइँमा ढलेका पौडेलको घाँटीमा पर्दाको कपडाले कसेर राति २०:३० बजेको समयमा हत्या गरिएको देखिएको प्रहरीले जनाएको थियो।

उनीहरुले वरिष्ठ सई पौडेलले घाँटीमा लगाएको सुनको सिक्री समेत लुटेको पाइएको प्रहरीले जनाएको थियो। सई पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटेलको किचन र्‍याकमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो