Smoking Causes Cancer

खबर प्रभाव: खबर प्रकाशन पछि सम्पर्कमा आइन बालिका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: केही दिन अघि यस अनलाइनमा स्कुल जान हिँडेकी बालिका दुई दिनदेखि बेपत्ता भएको समाचार प्रकाशित गरेका थियौं। तस्विर सहित समाचार प्रकाशित भएको केही घण्टामै ती बालिका फोन मार्फत परिवारको सम्पर्कमा आएकी छिन्।

जिल्लाको मालिका गाउँपालिका-२, दुनाम गाउँकी १४ वर्षीया निशा विक गत शुक्रबार बिहान ९ बजे चियानडाँडा माविमा पढ्न जान्छु भन्दै हिँडेकोमा दुई दिनसम्म सम्पर्कविहिन हुँदा आमा बाबू पिर चिन्ताले छटपटिएका थिए। बाबु-आमाको आग्रहमा समाचार प्रकाशन गरिएको थियो।

बालिकाले आफू बेपत्ता भएको खबर पढेपछि आफूसँग मोबाइल नभएका कारण आफू घुम्न तम्घास आएको र अरुको मोबाइलबाट फोन गरेर सुनाएकी थिईन। आमा बालकुमारी बिकले छोरी भेट्टाउन सहयोग गरेकोमा ओझेलका खबर डटकम प्रति आभार प्रकट गरिन।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो