Smoking Causes Cancer

मुसिकोटका विपन्न तीनजना विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

भुवन काफ्ले, मुसिकोट: गुल्मीको मुसिकोट-७ स्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्यनरत ३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न दाताहरुबाट प्राप्त सहयोग हस्तान्तरण गरिएको छ।

आर्थिक अभावका कारण आफ्नो अध्ययनमा कठिनाई भईरहेका उनीहरुलाई विभिन्न सघंसंस्था तथा व्यक्तिहरुले पठाउनुभएको सहयोग मंगलबार विद्यालयमा पुगेर हस्तान्तरण गरिएको पहलकर्ता एवम् युवा समाजसेवी विवेक काफ्लेले जानकारी दिनुभयो।

जसमध्ये तुल्सी रानालाई आईसीएस ईनटरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेस काठमाण्डौले कक्षा ११-१२ को अध्ययनका लागि वार्षिक १० हजारका दरले रु २० हजार सहयोग गरेको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ७ घर भई हाल जापानमा कार्यरत नारायण बोहोरा क्षेत्रीले कक्षा ७ मा अध्ययनरत प्रमिषा रानालाई नगद रु. ११ हजार सहयोग गर्नुभएको छ। प्रमिषा अभिभावक विहिन बालिका हुन्। उनका बुबा आमा सम्पर्कमा नरहेको र मामा घरमा बसेर अध्ययन गर्दै आईरहेकी छिन्।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ८ घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका कृष्ण प्रसाद खरालले कक्षा ६ मा अध्ययन गर्ने प्रकाश रानालाई नगद रु. १० हजार सहयोग गर्नुभएको छ। प्रकाशले केही वर्ष अगाडि बुवा गुमाए पश्चात अहिले घरमा एक्लै बस्दै आएका छन्। उनकी आमा समेत अर्कैको घरमा काम गर्ने र उतै बस्ने गर्दा उनी घरमा एक्लै भएका हुन्। बिहान बेलुकी घरको काम संगै मजदुरी गरेर उनले दिउँसो विद्यालय पढ्दै आएका छन्।

विदेशमा रहेर आफ्नो श्रम र पसिना खर्च गरी आर्जन गरेको पैसाले अभाव र पीडामा रहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्ने गरी सहयोग प्रदान गरेको भन्दै विद्यालयका प्रधानाध्यापक देविराम शर्माले सबै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

समाजसेवी विवेक काफ्लेको पहलमा गत वर्ष पनि विभिन्न ठाउँका गरिब, जेहेन्दार र आर्थिक अभावमा आफ्नो अध्ययनलाई अगाडी बढाउन नसकेका विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो