Salime Malika Krishi Farm

Awareness Campaign

स्व. मोहन घिमिरेको मृत्युबारे निष्पक्ष छानविन गर्न नेपाली काँग्रेसको माग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति गुल्मीले पार्टी सभापति एवम् मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष स्व. मोहन घिमिरेको मृत्यु प्रकरणबारे निष्पक्ष छानविन गर्न माग गरेको छ।

काँग्रेसले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको यथाशीघ्र सत्य, तथ्य छानविन गरी न्यायको प्रत्याभूति गराउनका लागि सम्बन्धित निकायसंग माग गरेको छ। पार्टीका का.वा. सभापति टिकाराम सापकोटा र सचिव मधुसुदन रायमाझीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुुसिकोट कै एक आशालाग्दा, होनहार र क्षमतावान नेताको रहस्मय, असमायिक र अकल्पनीय मृत्युले शंका पैदा गरेको लेखिएको।

विज्ञप्तिमा लेखिएको छ: ‘सगम्र मुसिकोट कै एक आशालाग्दा, होनहार र क्षमतावान नेता स्व. मोहन घिमिरेले समाजमा भए गरेका तमाम बेथिति र अनियमितताको विरुद्ध, न्याय र सुशासनको पक्षमा आवाज बुलन्द गर्दै आउनुभएको थियो। यो बीचमा भएको उहाँको अत्यन्तै रहस्यमय निधनले कतै जनताका आवाजहरु दबाउन कुनै संयन्त्र नै लागिरहेको छ की भनेर नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति र समग्र मुसिकोटबासीलाई नै स-सङ्कित तुल्याएको छ।’

सिंचाई
Forest
Ad.

साथै नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति सभापति, मुसिकोट नगरपालिका वडा नं- १ का वडाध्यक्ष लोकप्रिय युवा नेता मोहन घिमिरेको रहस्यमय असमायिक निधन प्रति नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति हार्दिक श्रद्धाञ्जली व्यक्त व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन् भन्दै समवेदना समेत प्रकट गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो