Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी मुसिकोटका २१ वर्षीय युवाको अरिङ्गालको टोकाइबाट मृत्यु 



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका-४, कालढुङ्गाका २१ वर्षीय शैलेस ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

ठकुरी सोमबार साझा साथिहरु संग मुसिकोट नगरपालिका -३ को देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न गएका थिए ।

अरिङ्गालको टोकाई बाट घाइते भएका उनको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिंचाई
Forest
Ad.

मंगलबार बिहान गुल्मी अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी(डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो