Awareness

गुल्मीको मुसिकोटमा कंडेलको अध्यक्षतामा एलायन्स क्लव गठन

खबर

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा एलायन्स क्लब गठन भएको छ । वामीटक्सार स्थित रुद्रावती वहुमुखी क्याम्पसको सभाहलमा आयोजित ऐतिहासीक प्रथम भेलाले रामकृष्ण कंडेलको अध्यक्षतामा एलायन्स क्लव अफ गुल्मी मुसिकोट को कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको हो।कार्य समितिको उपाध्यक्षमा चन्द्र खरेल, भुपेन्द्र रायमाझी र सावित्रा विष्ट रहनु भएको छ।

यसैगरी सचिवमा विमल छन्तेल,कोषाध्यक्षमा प्रविना परियार जनसम्पर्क अधिकृत (PRO) मा नारायण सापकोटा चयन हुनुभएको छ।सदस्हरूमा क्रमश रेशम कुँवर,धर्मेन्द्र नेपाली,लेखनाथ कंडेल, वावुराम अधिकारी,सन्दिप खत्री,अमर रेश्मी, सुन्दर प्रधान,राजेश रायमाझी रहनु भएको छ ।

Get Vaccinated

समाजसेवि व्यक्तित्वहरू अग्निधर लोहनी,नारायण वहादुर थापा,नरेशराज खरेल,लोकबहादुर कार्की,बोमबहादुर छन्तेल,बिष्णुध्वज खाती र चुरावहादुर खत्रीलाई सल्लाहकारमा चयन गरिएको छ ।

क्लबका कामहरू लाई व्यवस्थित ढंगवाट अगाडि बढाउनका लागि प्रथम भेला बाट विभिन्न विभाग र विभाग प्रमुख चयन गरिएको छ।जसमा कृष्ण बिश्वकर्मा बोर्ड अफ डाईरेक्टर,डिेल्लीराज अर्याल को संयोजकत्वमा अर्न्तराष्ट्रिय सम्पर्क विभाग,बोम बहादुर छन्तेलको संयोजकत्वमा प्रशिक्षण तथा स्कुल विभाग, सामाजिक विभागमा चन्द्र घर्ती चयन हुनुभएको छ।

आवश्यक्ता अनुसार अन्य विभागहरू आगामी बैठक वाट निर्माण गरीने छ।मुसिकोट नगरपालिकाका सबै वडाहरू वाट प्रथम भेलामा उपास्थित सहभागीहरुले पहिलो पटक गुल्मी जिल्लामै अन्तराष्ट्रिय स्तरको एलायन्स क्लब गठन हुनुले गुल्मी जिल्ला लाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत पुगेको विचार व्यक्त गर्नु भएको छ।ऐले सम्मका सबै अनुभव प्रयोग गरी एलायन्स क्लब अफ गुल्मी मुसिकोटले समाज रुपान्त्रणका लागि आवश्यक योजना सहित काम लाई अगाडि बढाउने नव निर्वाचित अध्यक्ष रामकृष्ण कंडेलले बताउनु भयो ।समाजका सबैपक्ष हरू सँगै सह‌कार्य गर्दै रचनात्मक कामहरू लाई आफूहरुले महत्वदिने अध्यक्ष कंडेलको भनाई रहेको छ।

Awareness by SKF

‘मुसिकोटमा रहेका अन्याय,अत्याचार,बिकृति,बिसंगतिको बिरूध्दमा जुध्दै आवाज बिहिनहरूको आवाज,युवाहरूको ढुकढुकी,असहायहरूको टेक्ने लठ्ठीको रूपमा एलायन्स क्लब अफ गुल्मी मुसिकोट लाई बनाईने’ अध्यक्ष कंडेलको प्रतिबध्दता रहेको छ।

बिश्का करिब ३७ राष्ट्रमा कृयाशिल एलायन्स क्लबको शाखा गुल्मीका १२ पालिका मध्ये पहिलो पटक मुसिकोट नगरपालिकामा गठन भएको छ।मुसिकोट नगरपालिकामा एलायन्स गठनले यस क्षेत्रमा नयॅा तरंग ल्याएको देखिन्छ।ऐतिहॅासिक भेला बाट चयन भएको कार्य समितिले अब छिट्टैनै एक भव्य कार्यक्रम आयोजनागरी राष्ट्रिय अन्तराष्ट्रिय ब्यक्तित्वहरू लाई उपस्थित गराई क्लबको स्थापना घोषणा गरिने छ।

आजको भेलाको अध्यक्षता स‌माजसेवि व्यक्तित्व नारायण बहादुर थापाले गर्नु भएको थियो।अग्निधर लोहनी को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोमबहादुर छन्तेल, सन्दिप खत्री,नारायण सापकोटा, भुपेन्द्र रायमाझी, चन्द्र खरेल,रेशम कुँवर,बिष्णुध्वज खाती लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो।कार्यक्रममा यस क्षेत्रकै चर्चित डान्सर बिनिता परियारको सांगितिक प्रस्तुतीले सहभागिहरू लाई छुट्टै आनन्द प्रदान गरेको थियो।

विमल छन्तेलको संचालन तथा रामकृष्ण कंडेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो।