Smoking Causes Cancer

गुल्मीदरबारमा अज्ञात व्यक्तिद्वारा गोठको भैँसी मारियो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको अमरअर्वाथोकमा अज्ञात व्यक्तिले एक किसानको भैंसी मारिदिएका छन।

गुल्मीदरवार गाउँपालिका ५ भरुवामा शनिबार राती रमेश श्रेष्ठको भर्खरै ब्याएको भैंसीको टाउकोमा हानेर मारेको पशु प्राविधिक हरि कंडेलले जानकारी दिए । कंडेलका अनुसार भैंसीको टाउकोमा ठूलो प्वाल परेको छ।

आइतबार बिहान साढे ५ बजे गोठमा पुग्दा भैंसी मृत अवस्थामा फेला परेको रमेशको श्रीमती भावना श्रेष्ठले बताइन । उनले हिजो राती दूध दुहेर घासपात गरेकाले अबेरसम्म भैंसी केही नभएको जानकारी दिइन्।

सिंचाई
Forest
Ad.

श्रेष्ठले भैंसी मरेपछि आफुहरुको समेत सुरक्षा चुनौती बढेको बताइन । श्रीमान नभएको र घरमा बुढी सासुसहित दुई छोराछोरी भएकाले ढुक्क भएर बस्ने अवस्था नभएको श्रेष्ठले बताइन । उनले रातिमा भएको घटना भएकाले प्रहरीले राम्रोसङ अनुसन्धान गर्दिनुपर्ने बताइन।

घटनाको अवस्था हेरेर फर्किएको र आवश्यक अनुसन्धान भैरहेको प्रहरी चौकी चारपालाका इन्चार्ज प्रहरी सहायक निरीक्षक मीन बहादुर सेनले जानकारी दिए । भैसीको स्थानीय मुल्य ७०/७५ हजार रहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो