Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा आँखा उपचार सेवा प्रभावकारी बन्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

करिष्मा अर्याल, मुसिकोट: मुसिकोट नगरपालिकामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको पाईएको छ। नगरपालिकामा आँखाको उपचार सेवा प्रदान गर्ने उद्धेश्यले स्थापित श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्रबाट प्रदान हुने सेवा प्रभावकारी बन्दै गएको हो।

केन्द्रमा मुसिकोट लगायत छिमेकी पालिकाहरुबाट समेत आँखाको उपचारका लागि आउने गरेका छन् । दैनिक २०/२५ जना आँखाको उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ । आँखा चेकजाँच सगैं पश्चिम क्षेत्रमै आँखाको शल्यक्रिया समेत हुन थालेपछि सेवा लिनेहरुको संख्या बढेको हो।

केन्द्रमा गत आर्थिक वर्ष २०७९/८० मा २ हजार ८ सय ७८ जनाले आँखा उपचार गराएका छन् । जसमध्ये ६१ जनाको सफल शल्यक्रिया समेत गरिएको आँखा केन्द्रका प्रमुख धिरज कुवँरले जानकारी दिनुभयो । जन्मजात आँखा नदेख्नेहरुको समेत अस्पतालले सफल उपचार गरेको उहाँको भनाई छ।

सिंचाई
Forest
Ad.

केन्द्रले विभिन्न समयमा विभिन्न विद्यालय, सरकारी संस्थाहरुमा समेत पुगेर आँखा शिविर आयोजना गर्ने गरेको छ । गत आर्थिक वर्षमा २० वटा विद्यालयमा ४ सय ९१ को आँखा जाँच तथा अस्पतालमा ८५३ जनाको उपचार भएको कुवँरले बताउनुभएको छ ।

त्यस्तै मोतियाबिन्दु रोग सम्बन्धि ६०१ जना , कर्निया रोग सम्बन्धी ९८२ जना , आँखामा पावर लागेको २०५ जना , नजिकको नदेख्ने १५५ जना , जल बिन्दु रोगका भएका ९ जना , बच्चा सम्बन्धि २९ जना , रेटिना रोग भएका १३ जना ,रोबिट रोग भएका २२९ जना ,सुर्यको विकिरण सम्बन्धि ७ जना र त्यस बाहेक अन्य ६४८ जनाको उपचार भएको छ ।

आँखा उपचारको लागि टाढाटाढा जानुपर्ने वाध्यताकाबीच यस आँखा उपचार केन्द्रको स्थापना र सेवा सुरु भएपछि स्थानिय खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो