Smoking Causes Cancer

अपाङ्गताका बाबजुद बहुप्रतिभाशाली अमिरको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक [भिडियो सहित]



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

मकवानपुर: मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं. १ का अमिरले आफ्नो जीवन सङ्गिनी पुष्पा मगरको जीवनमा आधारित गीत सार्वजनिक गरेका छन्। आफ्नै शब्दमा रहेको उक्त गीतमा एलिना चौहानले आवाज दिएकी छिन्। ‘भाग्यले नै दिएपछि थाप्नु पर्दाे रैछ आमा’ शिर्षकमा रहेको गीतको भिडियो आफ्नै अमिर बमजन च्यानलबाट सार्वजानिक गरेका छन।

समाजले हेर्ने दृष्टिकोण र जीवन भोगाईको तिता मिठा कथा पुष्पा र अमिरले जीवनमा भोगेको पिडाहरूको संगालो, समाज, घात प्रतिघातको दस्तावेज ‘भाग्यले नै दिएपछि’ एक उदाहरणीय यथार्थ कथा गीतमा प्रस्तुत गरिएको छ।

जन्मजात अपाङ्गता भएका घाँटीदेखि शरीरको तल्लो भाग नचलेता पनि आफूमा कला प्रतिभाको खानी बोकेका एक प्रतिभाशाली हुन मकवानपुर थाहा नगरपालिका खानीगाउँका अमिर बमजन। आधा दर्जन गीत लेखन गायन संगै उनी राम्रा चित्रकार पनि हुन्। मुखैले चित्र कोर्ने, मोबाइल चलाउने यस्तै हिम्मत र कलाले गर्दा अमिर ताइवानसम्म पुगेका छन्। उनी यसअघि राष्ट्रिपतिबाट समेत सम्मानित भैसकेका छन्।

सिंचाई
Forest
Ad.

करुणा फाउन्डेसन नेपालको सहयोगबाट आफ्नो जिन्दगी भोग्ने घुम्तिनै मोडिएको बताउने अमिर करुणा फाउन्डेसन नेपालबाट अमिरको तीन पटक पेन्टिङ प्रदर्शनी भइसकेको छ।

भिडियो हेर्नुहोस्:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो