Smoking Causes Cancer

गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका-४, डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

नेपाली आफ्ना छोरीहरू सङ स्थानीय ढुङ्गेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिईन । करिब २०० मिटर तल खसेकि नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ जनाको टोली घटनास्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो