Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटले उत्कृष्ट अगुवा कृषक, उद्यमी व्यवसायीलाई गर्यो सम्मान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रका उत्कृष्ट कृषक, व्यावसायी र उद्यमीहरुलाई सम्मान गरेको छ।

“आफ्नै गाउँ फर्की आउँ” र पख्नोस तपाईँकालागि हामी केही गर्दैछौँ कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका उत्कृष्ट १९ जना अगुवा कृषक तथा उद्यमी व्यावसायीहरुलाई सम्मान एवम् पुरस्कृत गरेको हो ।

मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र विनियोजित ६ लाख बजेटबाट नगरपालिका भित्र रहेका कृषक, उद्यमी व्यवासाय मध्ये लगानी, आम्दानी र फर्मको अवस्थाका बारेमा स्थलगत निरिक्षण गरी पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिकाको कृषि कार्यक्रम सञ्चालन तथा अनुदान सम्बन्धी कार्यविधि २०७४ प्रथम संसोधन २०७९ अनुसार नगरपालिकाले कार्यक्रममा आबद्ध हुन २०७९ जेठ ४ गते सुचना प्रकाशन गरेको थियो । जसमध्ये ४२ जनाको आवेदन परेको थियो।

९ वटै वडाबाट आएका आवेदनहरुलाई नगरपालिकाको आर्थिक विकास समितिका सदस्यहरु, कृषि र पशु विकास शाखाद्धारा उक्त फर्म तथा व्यवसायहरुको स्थलगत निरिक्षण, अनुगमन तथा प्राविधिक मूल्यांकन गरी उत्कृष्ट छनोट गरिएको नगरपालिकाका का.वा प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले जानकारी दिनुभयो।

छनोटमा परेका १९ जना मध्ये २ जनालाई नगद रु.५० हजार, १ जनालाई ३५ हजार, १५ जनालाई २८ हजार र १ जनालाई १५ हजार सहित सम्मान एवम् पुरस्कृत गरिएको उहाँले बताउनुभयो।

पख्नोस तपाईँका लागि हामी केही गर्दैछौँ र आफ्नै गाउँ फर्की आउँ कार्यक्रम अन्तर्गत नगरपालिकामा रहेको बसाईँसराईँ न्यूनीकरण गर्ने र विदेशमा सिकेको सीप तथा लगानीलाई आफ्नै गाउँमा लगानी गर्ने वातावरण सिर्जना गर्ने तथा सरकार साथमा रहेको आभाष दिलाउने उद्धेश्य सहित सम्मान एवम् पुरस्कृत गरिएको मुसिकोट नगरपालिकाका कृषि अधिकृत जनक पौडेलले जानकारी दिनुभयो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो