Awareness

Get Vaccinated

गुल्मीमा पालिका बाहेकका विभिन्न सरकारी निकायमा करिब एक अर्ब बजेट फ्रिज



ओझेलका खबर संवाददाता
१२ महिना अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीमा स्थानीय तह बाहेक संघ र प्रदेशबाट विभिन्न सरकारी कार्यालयमा गत वर्ष विनियोजित कुल बजेटको करिव ९ प्रतिशत काम हुन नसकी करिब एक अर्ब रकम फ्रिज भएको छ। कोष तथा लेखा निरीक्षक कार्यालय मार्फत भुक्तानी हुने उक्त बजेट मध्ये उक्त रकम फ्रिज भएको कार्यालयका प्रमुख कोष निरीक्षक छविन्द्र बेलबासेले जानकारी दिए।

प्रमुख कोष निरीक्षक बेलाबासेद्धारा प्राप्त विवरण अनुसार संघ र प्रदेशबाट गत कुल १० अर्ब ९९ करोड ९३ लाख ७६ हजार ४३४ रुपैयाँ बजेट विभिन्न सरकारी कार्यालयका लागि विनियोजन भएको थियो । जुन बजेटको ९१.८८ प्रतिशत खर्च हुनुलाई राम्रो प्रगतिका रुपमा लिने गरिएको छ । कुल बजेट मध्ये १० अर्ब १० करोड ५६ लाख ८८ हजार ६०३ रुपैयाँ बराबरको काम भएको छ । ८.१२ प्रतिशत काम हुन नसकी ८९ करोड ३५ लाख ८६ हजार ६३१ रुपैयाँ फ्रीज भएको हो।

सबै भन्दा बढी फ्रिज रकम प्रदेश सरकारबाट विनियोजित बजेटमा रहेको छ । प्रदेश सरकारबाट गत आर्थिक वर्षमा कुल विनियोजित बजेट २ अर्ब ४१ करोड ५ लाख एक हजार १ हजार ६७० विनियोजित भएकोमा १ अर्ब ९१ करोड ५७ लाख ९८ हजार ५५ रुपैयाँ कुल खर्च भएको छ । कुल रकमको खर्च प्रतिशत ७९.४८ प्रतिशत हुन आउँछ । कुल बजेटको २०.५२२८ प्रतिशत खर्च हुन नसकी ४९ करोड ४७ लाख ३ हजार ६१५ रुपैयाँ फ्रिज गएको छ।

त्यस मध्ये चालु तर्फ ९२ करोड ९१ लाख ३ हजार ६७० रुपैयाँ विनियोजित भएकोमा ८१.१७ प्रतिशतच खर्च हुन सकेको छ । अर्थात ७५ करोड ४२ लाख १८ हजार ८० रुपैयाँ बराबरको काम भएको छ । यो शिर्षकमा १८.८३ प्रतिशत काम हुन नसकी १७ करोड ४९ लाख १२ हजार ५९० रुपैयाँ फ्रिज भएको छ।

पूँजीगत तर्फ १ अर्ब ४८ करोड १३ लाख ७१ हजार विनियोजित भएकोमा ७८.४१२५ प्रतिशत खर्च भएकोछ । अर्थात १ अर्ब १६ करोड १५ लाख ७९ हजार ९७५ रुपैयाँ बराबरको काम भएको छ । बाँकी २१.५८७५ प्रतिशत काम हुन नसकी ३१ करोड ९७ लाख ९१ हजार २५ रुपैयाँ फ्रिज भएको छ । संघको कुल बजेट ८ अर्ब ५८ करोड ८८ लाख ७४ हजार ७६४ रुपैयाँ विनियोजित भएकोमा ९५.३५ प्रतिशत खर्च अर्थात ८ अर्ब १८ करोड ९९ लाख ६४८ रुपैयाँ बराबको काम भएको छ । जसमा ४.६५ प्रतिशत काम हुन नसकी ३९ करोड ८९ लाख ७४ हजार ११६ रुपैयाँ फ्रिज भएको छ।

संघको चालु तर्फ कुल ७ अर्ब ५९ करोड ६२ लाख ५७ हजार २४ रुपैया विनियोजित भएको मध्ये ९६.५८ प्रतिशत खर्च भएको छ । अर्थात ७ अर्ब ३३ करोड ६० लाख ९९ हजार ३०४ रुपैयाँ बराबरको काम भएको छ । जम्मा ३.४२ प्रतिशत मात्रै काम हुन नसकी २६ करोड १५ लाख ७ हजार ७१९ रुपैयाँ फिर्ता भएको छ । त्यस्तै पूँजीगत तर्फ ९९ करोड २६ लाख १७ हजार ७४० रुपैयाँ विनियोजित भएकोमा ८६.०२ प्रतिशत खर्च भएको छ । अर्थात ८५ करोड ३८ लाख ९१ हजार ३४३ रुपैयाँ बराबरको काम भएको छ । यो शिर्षकमा १३.९८ प्रतिशत काम हुन नसकी १३ करोड ८७ लाख २६ हजार ३९७ रुपैयाँ फ्रिज गएको छ।

संघबाट विनियोजित बजेट मध्ये सबै भन्दा बढी रकम करदाता सेवा कार्यालयको फिर्ता गएको छ । कुल ८ लाख २५ हजार १ हजार १० त्यस कार्यालयलाई विनियोजन भएकोमा जम्म ६१.६४ प्रतिशत खर्च भएको छ भने बाँकी रकम फिर्ता गएको छ । त्यस्तै प्रदेशबाट विनियोजन बजेट मध्ये जिल्ला प्रहरी कार्यालयमा सबै भन्दा बढि रकम फिर्ता गएको छ । त्यस कार्यालयलाई गत बर्ष १ करोड १० लाख विनियोजन भएकोमा जम्मा २७.०६ प्रतिशत मात्रै काम भएको लेखा निरिक्षक कार्यालयको विवरणमा उल्लेख छ।

Awareness by SKF

जम्मा २९ लाख ७६ हजार २१६ रुपैयाँ खर्च भएको छ भने बाँकी एक करोड बढि रकम फिर्ता भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवलकिशोर प्रधान संग बुझ्दा उक्त बजेट रुरुक्षेत्र गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी भवन निर्माणका लागि परेको तर जग्गा उपलब्ध हुन नसक्दा फिर्ता भएको जानकारी दिए । त्यस्तै इस्मा गाउँपालिकामा संचालित जिवराज आश्रित बहुप्राविधिक शिक्षालयका लागि पनि संघबाट गत बर्ष १ करोड ७५ लाख ६ हजार विनियोजन भएकोमा जम्मा ५१.९५ प्रतिशत खर्च भएको र बाँकी ८४ लाख ७१ ह्जार ४७ रुपैयाँ फिर्ता गएको छ । कोलेनिका मार्फत प्रदेशबाट परेको बजेटको शत प्रतिशत काम गर्नेहरुमा रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका , कालिगण्डकी गाउँपालिका , गुल्मीदरबार र छत्रकोट गाउँपालिका रहेका छन।

गत वर्ष प्रदेशबाट गुल्मीका २० वटा सरकारी कार्यालय र १० वटा गाउँपालिकालाई विभिन्न शिर्षका बजेट कोलेनिका मार्फत परेका थिए । सो कार्यालय मार्फत संघबाट २६ वटा सरकारी कार्यालय र १२ वटै स्थानीयतहलाई विभिन्न शिर्षकमा बजेट छुट्टीएको थियो । संघ र प्रदेशबाट सिधै पालिकामा आउने बजेटको पालिकागत खर्च विवरण भने आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो