Smoking Causes Cancer

भारतबाट फर्किएका इस्माका कुँवर बुटवलबाट बेपत्ता, खोजी गरिदिन आग्रह



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-३, ठाढगाका ३० बर्षीय बिमल भन्ने राम बहादुर कुँवर क्षेत्र बुटवलबाट सम्पर्कविहिन भएका छन्।

उनले भारतको पुनेमा काम गर्थे । घर फर्किएका कुवंर चारदिन अघि बसपार्कमा पिसाब फेर्न निस्किएपछि सम्पर्क बिहिन भएको श्रीमती मनिषा क्षेत्रीले बताइन्।

रामबहादुर गत ११ गते दिउँसो साढे ३ बजे बसपार्कमा श्रीमतीसंग झरेपछि पिसाब फेर्न गए । १५ मिनेटसम्म नफर्किएपछि श्रीमती खोज्न गइन । तर, श्रीमान फेला परेनन् ।

सिंचाई
Forest
Ad.

मनिषा अत्तालिएर प्रहरीकोमा पुगिन । प्रहरीमा हुलियासहितको उजुरी दिइन् । राम बहादुर क्षयरोगको बिरामी छन् । उनी सहज रुपमा बोल्न र खानपिन गर्न सक्दैनन्।

सेतो सर्ट र पाइन्ट तथा हातमा घडि बाँधेका क्षेत्री कुवंर गौ-गोरो वर्णका छन् । राम बहादुरको प्रतिक्षा श्रीमती मनिषा र परिवार रहेका छन् ।

राम बहादुरको साथमा कुनै पनि पैसा नभएकाले फेला पार्ने महानुभावले नजिकैको प्रहरी वा फोन नं ९७६८३५५४०१ मा सम्पर्क राख्न मनिषाले आग्रह गरिन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो