सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं-७ स्थित बसेरीमा एक व्यक्तिको शव फेला परेको छ।
बागलुङको गलकोट नगरपालिका वडा नं – ३ का प्रेमलाल दर्जीको शव वामी अर्लाङकोट सडकखण्डबाट झण्डै ५० मिटर तल फेला परेको वामी प्रहरी चौकीका ईन्चार्ज बरिष्ठ सइ लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो।
दर्जी विगत १ हप्तादेखि बेपत्ता भएका थिए भने उनको खोजी कार्य चलिरहेको थियो । घाँस काट्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका ईन्सपेक्टर किरण सापकोटा नेतृत्वको टोली पुगी मुचुल्का गर्ने काम गरिरहेको बताईएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







