Smoking Causes Cancer

वरिष्ठ सई मृत्यु प्रकरण: खाजा खान होटलमा गएका मृतक पौडेल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन्।

सोमबार राती बागलुङ गाउँपालिका-६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

खाजा खानाको लागि होटलमा गएका पौडेललाई राती १२ बजे होटल सञ्चालकले मृत देखेपछि वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए । वडाअध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे इलाका प्रहरी चौकी बुर्तिबाङबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

सिंचाई
Forest
Ad.

प्रनाउ केसीले घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुग्दै गरेको जानकारी दिए ।

जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड-७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए।

वरिष्ठ सइ मृत्यु प्रकरणबारे जानकारी दिदै बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का:

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया