गुल्मी: नेपाल प्रेस युनियन गुल्मी अहिले निकै चर्चामा छ। गत साउन ४ गतेको अधिवेशनबाट नवनिर्वाचित पत्रकार सुमन महताराकाे नेतृत्वको कार्यसमितिका क्रियाकलापले युनियनकाे चर्चा चुलिएको हो।
गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेका सुमन महतारा उमेरले मात्रै २४ वर्ष पुगे। उनले सदरमुकाम तम्घासमा रहेर पत्रकारिता गर्न थालेकाे यहीँ साउन पहिलो हप्ता मात्रै पाँच वर्ष पुग्यो। पाँच वर्षे पत्रकारिताले महतारालाई पत्रकारमा मात्र सीमित राखेन। उनी लाेकतान्त्रिक पत्रकारहरुकाे साझा संस्था नेपाली काँग्रेसकाे शुभेच्छुक संस्था नेपाल प्रेस युनियन गुल्मीको नेतृत्वमा पुगे।
प्रेस युनियनमा हालसम्म यस्तो कुनै इतिहास थिएन, जून २४ वर्षीय युवाले युनियनकाे जिल्ला नेतृत्व हाँक्नु। जसको कारण पनि प्रेस युनियनमा अहिले खुसीयाली छाएको छ।
पुस्ता हस्तान्तरणमा कठिनाइ भइरहेका बेला महतारालाई नेतृत्वकाे जिम्मेवारी लिन कठिनाइ थियो । तर, उनी रत्तिभर बिचलित भएनन्, डटेर लडिरहे । जसको कारण ५९ युनियनकर्मी रहेको गुल्मीलाई नेतृत्व गर्ने जिम्मेवारी पाए ।
सामुदायिक रेडियो स्काईबाट पत्रकारिता सुरु गरेका महतारा रेडियो रेसुङ्गा, गुल्मी साप्ताहिक पत्रिका हुँदै राष्ट्रिय मिडिया मध्यान्ह राष्ट्रिय दैनिक पत्रिका र माउन्टेन टेलिभिजनमा पनि पत्रकारिता गरिरहेका छन् । लाइभ गुल्मी डिजिटल पत्रिकाका संचालक समेत रहेका सुमन महतारा सेताेमसी डटकममा सह-समपादककाे भूमिकामा समेत रहेका छन् ।
उनको पत्रकारिता कहिल्यै नेतामुखी रहेन, जनतामुखी पत्रकारितालाई केन्द्रमा राखे । समाचार लेखेका भरमा अदालतकाे लडाइँ लडेका सुमनले मुद्दा जितेर पत्रकारितामा थप विश्वास र जिम्मेवारीपन थपे ।
नेपाल प्रेस युनियन गुल्मीको नवाैं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित सुमन महताराले आफू पद ओगट्न मात्र नआएको बताए । उनी भन्छन्, ‘केही नगर्न त जसको नेतृत्व भए पनि भयो, हामी त केही गर्न नेतृत्वमा आएका हौं । युनियनकर्मीलाई युनियनको अनुभुती र आम सर्वसाधारणमा क्रियाशीलता र स्वच्छ पत्रकारिताको आभास गराउने हो ।’ उनले पत्रकारितामा रहेको फाेहाेरलाई फाल्ने अभियान चलाउने पनि बताए ।
उनी मात्र नभई उनको नेतृत्वमा निर्वाचित कार्यसमिति निकै क्रियाशील रहनुले थप नेतृत्वलाई अब्बल बनाएको छ । सुमन महतारा अध्यक्ष रहेको नेपाल प्रेस युनियन गुल्मीकाे उपाध्यक्षमा प्रकाश घिमिरे र दिपक नेपाली, सचिवमा सागर भण्डारी, काेषाध्यक्षमा नवीन कार्की, सहसचिवमा चन्द्रकला राना र अनिल खत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा भुवन भुसाल, अनिष पन्थी, भुवन काफ्ले, पुजा बिश्वकर्मा, गंगु कुँवर मगर, माधव खरेल, कविराज भुसाल, माेहन गाैत, सुरज कार्की, दधिराम भुसाल, रमेश पन्थी, सन्तोष महतारा र दिपा पन्थ रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले विधान अनुसार रहेर कार्यक्रमहरु गर्दै जाने र युनियनलाई थप जिम्मेवारपन बनाउने गरि अगाडि बढिरहेको सचिव सागर भण्डारी बताउँछन् । उनले आफूहरूले पहिलो कार्यसमितकाे बैठकबाट निर्णय गरेबमोजिम जिल्लाका विभिन्न स्थानमा युनियनकर्मीले एक सय विरुवा राेपेकाे बताए । उनले केही दिन भित्रै सदरमुकाम तम्घासमा कार्यालय स्थापना हुने पनि बताए । पहिलो कार्यसमिति बैठकका सबै निर्णय कार्यान्वयनपछि युनियनले थप छलफल गरेर अगाडि बढ्ने सचिव भण्डारीले बताएका छन् ।
पत्रकारहरुको पेशागत हकहीत सगैं श्रमजीवि पत्रकारहरुका सवाललाई उच्च प्राथमिकता दिँदै संगठनलाई समेत सुदृढ बनाएर लैजाने आफुहरुको प्रमुख ध्येय रहेको भण्डारीले बताए । पत्रकारलाई नविनत प्रविधिसंग जोड्दै उनीहरुको सीप र दक्षता अभिवृद्धिका लागि समेत यो समितिले सक्रिय रुपमा काम गर्ने उनको भनाई छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










