Smoking Causes Cancer

निजामती कर्मचारी संगठन गुल्मीद्वारा शैक्षिक सामग्री प्रदान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीले विद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामग्री प्रदान गरेका छन्।

इस्मा गाउँपालिका ५ को कुमारी आधारभूत विद्यालयको कक्षा १ देखि ३ सम्म विद्यार्थीको लागि ४९ व्याग, पेन्सिल र इलेजर प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मी अध्यक्ष भिमलाल खनालले जानकारी दिए ।

कार्यक्रममा एमाले नेता राजेन्द्र विक्रम कुवर, हिरा एसी, लक्ष्मण विष्ट, नेपाल निजामती कर्मचारी संगठन लुम्विनी प्रदेश इन्चार्ज दधिराम मरासिनी, पेशागत महासंघ नेपालका पुर्व कोषाध्यक्ष छविन्द्र वेल्वासेले शुभकामना मन्तव्य राखेका थिए ।

सिंचाई
Forest
Ad.

जिल्ला अध्यक्ष भिमलाल खनालको अध्यक्षता रहेको कार्यक्रम पेशागत महासंघ नेपालका पुर्व कोषाध्यक्ष छविन्द्र बेलबासेको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष सावित्रा भण्डारीको स्वागत तथा केन्दिय पार्षद लालमणि भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

संगठनले विभिन्न रचनात्मक कामहरु जिल्लामा गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो