Smoking Causes Cancer

गुल्मीका दुई पत्रकार ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

तेजेन्द्रकुमार श्रेष्ठ, गुल्मी: नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाद्वारा स्थापित नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गुल्मीका दुई पत्रकार पुरस्कृत भएका छन्। शुक्रबार गुल्मीको तम्घासमा नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको अवसरमा जिल्लाका दुई पत्रकार नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन्।

युनियनले सिर्जनशिल पत्रकारिताको माध्यमबाट समाज र पत्रकारिता जगतमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कालीगण्डकी गाउँपालिका पूर्तिघाटका पुरन राजकोटी र मुसिकोट नगरपालिका वामीका सुरज कार्कीलाई पुरस्कृत गरेको हो। उनीहरुलाई प्रमुख अतिथि युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, विशिष्ट अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी, पुरस्कारदाता नवजनचेतना दैनिकका प्रधान सम्पादक जगदीश भट्टराई लगायतले नगद ५ हजार ५ सय ५५ र प्रमाणपत्र प्रदान गरेका थिए । ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका र सिर्जनशिल रुपमा लाग्ने प्रत्रकारहरुलाई थप प्रोत्साहन गर्न नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गरिएको दैनिकका सम्पादक भट्टराईले बताए।

सोही अवसरमा युनियनले अन्य पत्रकारिता पुरस्कार समेत प्रदान गरेको छ । उसले विपी कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुमन महतारा, ग्रामीण सिर्जनशिलता एंव उत्कृष्ट पत्रकारिता पुरस्कारबाट दीपा पन्थ, हरिकुमार श्रेष्ठद्वारा स्थापित दिलप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट भुवन भूषाललाई पुरस्कृत गरेको हो । उनीहरुलाई पनि नगद ५ हजार ५ सय ५५ र प्रमाणपत्र प्रदान गरिएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो