गुल्मी: गुल्मेली सर्जकहरु रामचन्द्र चन्द र हेमनाथ खरालको मनछुने लोकगीतको म्युजिक भिडियो रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर रामचन्द्र चन्द, सरिता केसी र मनिकला मगरको रहेको छ। शब्द संयोजन हेमनाथ खराल र महेश पुन मगरले गर्नुभएको हो भने निर्माण र निर्देशन हेमनाथ खरालले गर्नुभएको हो।
सानो छँदा पिता प्रवासमा, हुर्के पछि आफु प्रवासमा आम नेपालीको यथार्थ नै हो यो। विभिन्न कारणले पितासँग टाढा हुन बाध्य, एक्ली आमाले हुर्काएका सन्तान, आधि उमेरमै देहावसान हुनुभएका पिताको अधुरो सपना, पिता स्वदेश फिर्ता हुँदा सन्तान प्रवास पसिसकेको परिवेशलाई समेटेर लोक श्रजक हेमनाथ खरालले लेखेको मर्मस्पर्शी शब्द रचना आफ्नै लय तथा निर्देशनमा तयार गर्नुभएको हो। यो लोक सिर्जना ‘आमा! मेरो बाबा खोइ (बाको खोजी)’ वास्तवमा पिताको महत्व के भन्ने कुरालाई समाजमा जानकारी गराउन यौटा सन्देश मुलक अभिव्यक्तिको रुपमा पस्केको यस गीतका रचनाकार, निर्माता तथा निर्देशक हेमनाथ खरालले बताउनुभयो।
हुन एउटा राम्रो श्रृजनाले देश, काल, परिस्थिति र त्यहाँको समाजको आजको परिवेशलाई चित्रण गरेको हुन्छ। सम्बन्धित पक्षले यो सिर्जनाको सुक्ष्म विश्लेषण र मनन गरोस् भन्ने चाहना राखेको सर्जक खरालले बताउनुभयो।
गुल्मीको वामीमा जन्मेर लामो समयदेखि दक्षिण कोरियालाई कर्मथलो बनाउँदै आउनुभएका सर्जक खरालको नेपाली लोक गीतको क्षेत्रमा ठूलो योगदान रहेको छ। उहाँले आफ्नै स्वरमा मौलिक यानिमाया सार्वजनिक गरिसक्नुभएको छ भने थुप्रै गीतमा शब्द रचना र लय सिर्जना गर्नुभएको छ। उहाँका सिर्जनाहरु सेरोफेरो नेपाल, रेभान्स म्युजिक, रामचन्द्र चन्द लगायतका युट्युब च्यानलमा हेर्न सकिन्छ।
आउनुहोस् हेरौँ उक्त म्युजिक भिडियो:
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







